भदौ ४ , दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानको कपुरकोट गाडी दुर्घटनामा परि घाइते भएका बिरामीहरुको अबस्थाबारे बुझ्न अस्पताल पुगेको छ ।
सोमबार बेलुका नेकपाका नेताहरु सल्यानको कपुरकोट गाडी दुर्घटनामा परि घाइते भएका बिरामीहरुको अबस्थाबारे बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका हुन् ।
आज सोमबार रुकुम पस्चिमबाट नेपालगंज तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परि राप्ती प्रादेशिक अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न नेकपाका पोलिटब्युरो सदस्य शितल सी , पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अनेमसंघ क्रान्तिकारी पश्चिम दाङका अध्यक्ष कमला सी , अखिल(क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष केबि सी लगाएत पुगेका थिए ।
दुर्घटनामा परेका विरामीहरुको लागि आवस्यक पर्ने पट्टी समेत उपलब्ध गराउन नसकेर अस्पताल निरीह बनेको कुराले निकै पिडावोध भएको नेकपाका नेताहरुले जनाएका छन् । उपचारको यथोचित ब्यबस्था मिलाउन सरोकार वाला निकाएको गम्भीर ध्यानाकर्षण गराउदै उपचार प्रक्रियामा कोहि कसैलाई कुनै समस्या भए पार्टीलाइ सम्पर्क गर्न नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीले सामाजिक संजाल फेसबुक मार्फत आग्रह गरेका छन् ।
दुर्घटनामा परी दुईजनाको मृत्यु,१५ जना घाइते
सल्यानको कपुरकोटमा भएको गाडि दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ निवासी ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका २ निवासी ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओमपद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ । यस्तै घाईते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका १ का ३२ वर्षीय इन्द्र बहादुर केसी, सोही ठाउँका ५० वर्षीय थिर्मु खत्री, २७ वर्षीय ललित वली, ४२ वर्षीय रिता केसी, ३१ वर्षीय प्रेम प्रकास चन्द, १८ वर्षीय मान बहादुर केसी, गार्मा २ का ५५ वर्षीय टिकाराम केसी, सोही ठाउँका २५ वर्षीय रमेश केसी, सिद्धकुमाख गाउँपालिका २ ढोरचौरका ३५ वर्षीय टिका बस्नेत रहेका छन ।
यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ काडागाउँका २० वर्षीय भुषाल विक, सोही ठाउँका १८ वर्षीय नवराज वली, २७ वर्षीय सन्तोश वली, रुकुम पश्चिमकै त्रिवेनी गाउँपालिका ८ का ५२ वर्षीया नौमती खड्का, सानीभेरी १ का जय बहादुर वली र चौरजहारी नगारपालिका १४ का ४२ वर्षीय बिमला राना रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । घाइते मध्य रमेश केसी, सन्तोष वलीसहित ३ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको र अन्य सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमबाट नेपालगञ्ज तर्फ जादै गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ आगरखोलामा सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । गाडि चालक सल्यानको दार्मा गाउँपालिका १ का २३ वर्षिय एक्क बहादुर चन्द भने फारार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.