देशीविदेशी तत्वहरुले जब स्वाधीनतामाथि हमला गर्न लाग्छन् त्यसबेला कयौं समीकरण बन्छन्:विप्लव

डेली न्युजराप्ती       १६ भाद्र २०८० ०७:५५ मा प्रकाशित     341 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशीविदेशी तत्वहरुले जब स्वाधीनता र हाम्रो राष्ट्रियतामाथि हमला गर्न लाग्छन् त्यसैबेला कयौं समीकरण बन्ने बताएका छन् ।

समाजवादी मोर्चा, नेपालद्वारा शुक्रबार पोखराकाे सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको भन्दै महासचिव विप्लवले भने,-‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रकाे नेपाल सैन्य मैदान बन्न दिनु हुँदैन, अमेरिकाकाे षड्यन्त्रविरुद्ध यो समाजवादी माेर्चालाई उभ्याउनु पर्छ । सरकार, सदन र सडक क्रान्तिकाे साधन बन्नु पर्छ । देशीविदेशी तत्वहरुले जब स्वाधीनता र हाम्रो राष्ट्रियतामाथि हमला गर्न लाग्छन् त्यसैबेला कयौं समीकरण बन्छन् यो समाजवादी माेर्चा पनि साेही एकताको प्रक्रियामा अगाडि बढिरहेको छ।’

उनले भने,_’प्रचण्ड सरकारको नेतृत्व गरिरहनु भएको छ, सुशासन, स्वाधीनताकाे पक्षमा लड्नुस्, लडिरहनु भएको छ, सरकार भत्ता खाने ठाउँ मात्र होइन, माधव नेपाल सदनमा हुनुहुन्छ, जनताको कानुन बनाउने पक्षमा लड्नुस् संसद गफ गर्ने थलो मात्र होइन जनताको सेवक बनाउनुपर्छ, बनाउनुस्, हामी सडकको नेतृत्व गर्छौं, सडकको माेर्चाबाट लडिरहेका छाैँ, देशको स्वाधीनताकाे लागि जनताको अधिकारका लागि ।’

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रतिक्रान्ति र साम्राज्यावादका विरुद्ध लड्न समाजवादी मोर्चा बनेको बताए ।

नेपालको दलाल पुजीवादलाई अन्त्य गरि जनताको सत्ता स्थापना गर्न नेपाली विशेषताकाे समाजवादी सत्ता निर्माण गर्ने यो समाजवादी माेर्चाकाे उद्देश्य रहेको दाेहाेर्याए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार