मोदीको कालापानी भ्रमण साम्राज्यवादी हस्तक्षेप र सरकारको लाचारीपन हो : विप्लव

डेली न्युजराप्ती       २७ आश्विन २०८० ०७:२५ मा प्रकाशित     45 No Comments

बाँके:नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको कालापानीको भ्रमणलाई साम्राज्यवादी ठाडो हस्तक्षेप र सरकारको लाहचारीपन भएको बताएका छन् ।बझाङका भूकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न जाने क्रममा आज बाँकेको कोहलपुरमा नेकपा दक्षिण कर्णाली व्यूरोले आयोजना गरेको स्वागत तथा चियापान कार्यक्रममा बोल्दै नेकपाका महासचिव विप्लवले भारतीय साम्राज्यवादी हस्तक्षेपको कडा विरोध गरेका हुन् ।उनले आफ्नो पार्टीले अमेरिकी र भारतीय कुनै पनि साम्राज्यवादको नेपाल माथिको हस्तक्षेप स्वीकार गर्न नसक्ने र त्यस विरुद्ध प्रतिरोध गर्ने चेतावनी दिए ।महासचिव विप्लवले नेपाल सरकारको लाहचारीपनले नेपालको चुच्चे नक्सा भित्र रहेको कुटी गुञ्जी लगायतका कालापानीको भूभागमा नेपाल सरकारलाई समेत जानकारी नदि मोदीले भ्रमण गर्नु उचित नभएको टिप्पणी गरे ।महासचिव विप्लवले अमेरिकी साम्राज्यवादले एमसीसीको माध्यमबाट नेपालमा हस्तक्षेप गरी रहेको बेला भारतीय साम्राज्यवादले पनि नेपाल माथि गलत नियत बोकी हस्तक्षेप गरेको बताए ।उनले कालापानीको घटना विरुद्ध नेकपाले असोज २७ गते विरोध कार्यक्रम गर्ने र पार्टीको आधिकारीक स्टेमेन्ट पनि जारी हुने जानकारी गरे ।महासचिव विप्लवले नेपालमा दलालपुँजीवाद र संसदीय व्यवस्थाको असफलताको परिणाम नेपाल मािथ विदेशी हस्तक्षेप बढेको दाबी गरे ।उनले भने “नेपालमा गणतन्त्र नामको दलाल संसदीय व्यवस्था असफल भयो । यसले देशको निकास दिन सक्दैन । नेपाललाई अगाडि बढाउन समाजवादी मोर्चा बनेको छ । यो मोर्चाले नेपालमा नेपाली विशेषताको समाजवाद तिर लिन्छ र नेपाल राष्ट्रको सबै समस्या समाधान गर्छ ।”महासचिव विप्लवले नेपालमा समाजवाद विना देशको आर्थिक,सामाजिक,सांस्कृति,राजनैतिक र राष्ट्रिय स्वाधीनताको मुद्धा समाधान हुन नसके बताए । उनले साम्राज्यवाद पछिल्लो समयमा धार्मिक तथा जातिय हिंसा फैलाएर भएपनि नेपाललाई विखण्डन पार्ने र आफ्नो स्वार्थपुर्ति गर्ने दाउमा आएको भन्दै सबैलाई सचेत हुन अपिल गरे ।स्वागत तथा चियापान कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सी, नेकपाका केन्द्रीय सदस्य रणदिप सी,शेखर सी लगायतका शुभचिन्तक,पार्टी कार्यकर्ता तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।महासचिव विप्लवले असोज २८ गते बझाङका भुकम्प पीडिलाई पार्टीको तर्फबाट राहत वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार