भारतीय प्रधानमन्त्री मोदीले साम्राज्यवादी , हस्तक्षेपकारी र अराजकतावादी रवैया देखाए : प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       २७ आश्विन २०८० १२:३७ मा प्रकाशित     52 No Comments

हेमन्त प्रकाश ओली ।

असोज २७ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साम्राज्यवादी , हस्तक्षेपकारी र अराजकतावादी रवैया देखाएको बताएका छन्।

प्रवक्ता प्रकाण्ड सीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै एउटा सार्वभौम र स्वाधिन देशको कुनैपनी भुभागको भ्रमण गर्दा देशको सरकारलाइ सुचनासम्म नदिनु प्रधानमन्त्री नरेन्द्र मोदीको साम्राज्यवादी , हस्तक्षेपकारी र अराजकतावादी रवैया भएको बताएका  हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला क्षेत्रको ब्यास क्षेत्र स्थित गुन्जी , नाभी र कुटीमा गरेको भ्रमणप्रती नेकपाको गम्भीर रुपमा ध्यान आकर्षित भएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय राजनैतिक र कुटनितिको न्युनतम मान्यता विपरित गरिएको भ्रमणको नेकपाले निन्दा एवम भर्त्सना गरेको छ ।

प्रवक्ता प्रकाण्ड सीद्वारा जारी प्रेस बिज्ञप्तिमा मोदीको हर्कतको राष्ट्रवादी नेपाली जनताले शसक्त बिरोध प्रतिवाद गर्न पार्टीले अपिल समेत गरेको छ । साथै भारतिय साम्राज्यवादी शासकको प्रतिनिधि नरेन्द्र मोदीको यो डरलाग्दो गतिविधिको मुखदर्शक भएर बस्ने नेपाल सरकारको निरिहता र लाचारीपनको कडा बिरोध गरिएको छ ।

अन्तर्राष्ट्रिय आधारभुत मान्यताको खिलापमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अक्षम्य गल्तीलाई सार्वजनिक रुपमा सच्याइ नेपाल राष्ट्रको सार्वभौमिकता र स्वाधीनताको उच्च सम्मान गर्न लगाउन नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।

प्रेस बिज्ञप्तिको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार