तुलसीपुरको बासगढी टोलमा अनेमसंघ क्रान्तिकारीको १९ सदस्यीय कमिटी गठन

डेली न्युजराप्ती       २१ बैशाख २०८० १२:४४ मा प्रकाशित     304 No Comments

बैशाख २१ , तुलसीपुर । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले तुलसीपुर -१९ को बासगढी टोलमा कमिटी गठन गरेको छ ।
संगठनले आज बिहिवार एक भेलाको आयोजना गरि माया सीको अध्यक्षतामा १९ सदस्यीय टोल समिती गठन गरेको हो ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , नेकपा तुलसीपुर -१९ का वडा इन्चार्ज खडग सी , अनेमसंघ क्रान्तिकारी पश्चिम दाङ जिल्ला संयोजक प्रकृति सी , नेकपा पश्चिम दाङ जिल्ला समिती सदस्य खिमा सी लगाएतको उपस्थितिमा बसेको भेलाले टोल समिती गठन गरेको जनाइएको छ ।

भेलाको अध्यक्षता माया सीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार