युवा संगठन नेपाल बबई गाउँपालिकाको प्रथम भेला सम्पन्न, संयोजकमा जीवन सी चयन

डेली न्युजराप्ती       ३० आश्विन २०८० २१:४० मा प्रकाशित     66 No Comments

असोज ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल बबई गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

मङगलबार बबई गाउँपालिकाको हापुरेमा सम्पन्न सम्मेलनले जीवन सीको संयोजकत्वमा २५ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका पश्चिम दाङ जिल्ला सचिव निर्मल सीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , अनेमसङ्घ क्रान्तिकारीकि केन्द्रीय सदस्य कमला सी , मगर मुक्ती मोर्चा नेपालकि केन्द्रीय सदस्य मालती सीको आतिथ्य रहेको थियो ।

युवा संगठन नेपाल पश्चिम दाङका अध्यक्ष आकाश सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका जिल्ला इन्चार्ज शुदर्शन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार