नेकपाका महासचिव विप्लव कपिलवस्तुमा धान स्याहार्न व्यस्त

डेली न्युजराप्ती       १२ कार्तिक २०८० ०७:२९ मा प्रकाशित     52 No Comments

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी सहित केन्द्रीय कार्यालयको टिमले कपिलवस्तुको शिवगढीमा काटेको धान आज एकै ठाउँमा जम्मा गर्ने कार्य गरेको छ ।

करिव अढाई विगाह जग्गामा रोपेको धान पाकेकाले केन्द्रीय कार्यालयको टिमले दुई दिन अघि काटेको थियो ।

काटेको धानलाई थ्रेसर मेसिनमा दाई हाल्न सजिलो होस भनेर नेकपाका महासचिव विप्लव सहितको केन्द्रीय कार्यालय टिमले आज दिनभर धान बोकेर ट्याक्टरमा जम्मा गर्दै एकैठाउँमा थुपारेको हो ।

एकै ठाउँमा थुपारिएको धानलाई भोलि थ्रेसर मेसिनले दाई गरिने केन्द्रीय कार्यालय श्रोतले जनाएको छ । एकीकृत जनक्रान्तिका नायक तथा नेपाली जनताको आसा र भरोसाको केन्द्र विन्दु नेकपा महासचिव विप्लव स्वयम केन्द्रीय कार्यालय टिमसंगै धान बोक्नमा दिनभर व्यस्त भए ।

उनले आत्मनिर्भर पार्टी,कार्यकर्ता र नेता बनाउने उद्देश्यले पार्टीलाई उत्पादनको कार्यमा देशभर लगाएका छन ।

शिवगढीको धान बोक्ने कार्यमा महासचिव विप्लव सहित नेकपाका केन्द्रीय सदस्य सुन्दर सी,अडिक सी,दर्शन सी,विगुल सी, पावेल सी, शोभा सी,पल सी, संकर सी लगायत केन्द्रीय कार्यालयको टिम सहित १२ जनाको सहभागीता रहेको थियो ।

धान बोक्ने कार्य दिनभर गर्दा भोक र प्यासले थाकेका महासचिव विप्लव सीले केन्द्रीय कार्यालयको टिमसंगै खेतमै रोटीको नास्ता समेत खाएका थिए ।

यसअघि महासचिव विप्लवले दसैको दिनमा अरु राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले टिका जमरा लगाएपनि उनले खेतमा लसुन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार