राष्ट्रहित विरुद्धको कुनै वैदेशिक परियोजना स्वीकार्न सकिदैन : विप्लव

डेली न्युजराप्ती       १२ भाद्र २०८० १९:५६ मा प्रकाशित     241 No Comments

प्रकाश डुम्रे
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राष्ट्र र जनताका विरुद्ध आउने कुनै वैदेशिक परियोजना स्वीकार्न नसक्ने दाबी दोहोर्‍याएका छन् । विवादास्पद एमसीसी कार्यन्वयनका विषयमा चर्चा चलिरहेका बेला महासचिव विप्लवले यसलाई संकेत गर्दै उक्त विषयमा संर्घष गर्ने उद्घोष गरेका छन् ।
समाजवादी मोर्चा, नेपालले लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले यस्तो अडान लिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी कार्यक्रममा विप्लवले एमसीसी सम्झौता कार्यन्वयन नगर्न अपिल समेत गरेका छन् । विप्लवले समाजवादी मोर्चाप्रति चौतर्फी घेराबन्दी भएको मोर्चा अझै शक्तिशाली बन्दै जाने टिप्पणी समेत गरे।

एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा देशीविदेशी प्रतिक्रियावादी चलखेलले कमजोर बनाउने खेल सफल नहुने उल्लेख गरे ।
समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले लहैलहै र मान्छेका मनोगत चाहनाले मात्रै मोर्चा गठन नभएको बताउदै नेपालमा नयाँ खाले ध्रुवीकरण जरुरी रहेको संकेत गरे । विप्लवले गणतन्त्रमा केही राजनीतिक उपलब्धीहरु हासिल भएपनि सामाजिक र आर्थिक रुपमा जनताको जीवनमा परिवर्तन नभएको उल्लेख गर्दै वैज्ञानिक समाजवादमा मात्रै सबै समस्या हल हुने बताएका छन् । विप्लवले समाजवादी आन्दोलनलाई पूरा गर्नका लागि समाजवादी मोर्चा थप बलियो र व्यवस्थित बनाउने समेत बताए ।

महासचिव विप्लवले विगतको माओवादी आन्दोलनलाई अपराधी र हत्याराको रुपमा चित्रण गर्न खोजिएको उल्लेख गर्दै यसको डटेर प्रतिवाद गर्ने चेतावनी समेत दिए । देशभित्र रहेका र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै उनले ती सबै कुरालाई समाजवादी मोर्चाले परास्त गर्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार