नेकपाद्वारा तुलसीपुरमा पत्रकार सम्मेलन: भुकम्प प्रभावित ३ जिल्लाका १/१ गाउँ पार्टीको पहलमा बनाउने घोषणा

डेली न्युजराप्ती       २८ कार्तिक २०८० ०७:१६ मा प्रकाशित     192 No Comments

विमर्श सी

दाङ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र पार्टी प्रवक्ता प्रकाण्ड सी भुकम्पले अतिप्रभावित परेका क्षेत्र जाजरकोट, रुकुम र सल्यानका गाउँ बस्तीमा राहत हस्तान्तरण र पार्टीको पुनर्निर्माण अभियानको उद्घाटन गरी सोमबार साझ दाङको तुलसीपुरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।तुलसीपुर रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले भुकम्प प्रभावित बस्तीमा भए गरेका समस्या र दैनिकीको बारेमा पत्रकारलाई जानकारी गराएका थिए ।

भुकम्प पीडितहरुसँगै त्रिपाल मुनी बसेर राहत र पुनर्निर्माणमा लागेको बताउदै विप्लवले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ चिउरी बस्तीको गाउँ नै अन्यत्र स्थानान्तरण गर्नु पर्ने बताएका थिए भने सोही ठाउँमा भुकम्पमा सिङ्गो परिवार गुमाएकी ९ बर्षीय प्रेमकली लगायत १ दर्जन बेसहारा र कमजोर स्थिति भएका विधार्थीलाई पढाउने जिम्मेवारी लिएको उद्घोष गरेका थिए ।उनलेे सरकारले राहत संकलन मात्रै नगरी जनताका समस्यामा कडाइका साथ राज्यको उपस्थिति हुनुपर्नेमा जोड दिएका थिए ।महासचिव विप्लवले ३ वटा जिल्लामा १/१ गाउँ आफ्नो पार्टीको पहलमा बनाउने तयारी गरिरहेको समेत बताएका छन् ।

गत बिहीबार राहत सामग्रीसहित काठमाडौँबाट जाजरकोट हिडेको महासचिव विप्लव नेतृत्वको टोलीमा पार्टी प्रवक्ता प्रकाण्ड, केन्द्रीय सदस्य अडिग सी, जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कडेल लगायतको महासचिव, प्रवक्ताको टोली सहभागी थियो ।

यस्तै जाजरकोटमा पार्टी केन्द्रीय सदस्य संगम सी र रुकुम तथा सल्यानमा केन्द्रीय सदस्य सविन सीको नेतृत्वमा पार्टीको टिम अहिले पुनर्निर्माणमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार