देशभक्त र प्रगतिशील शक्तिहरुको एकता आवश्यक छ : अनिल सी

डेली न्युजराप्ती       ८ मंसिर २०८० २१:३५ मा प्रकाशित     184 No Comments

प्रकाश डुम्रे

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभागका ईन्चार्ज अनिल सीले देशभक्त तथा प्रगतिशील शक्तिहरुको एकता आवश्यक रहेको जिकिर गरेका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अनिलले संसदीय दलहरू भित्र अमेरिकी दलालहरु हावी भएको बताएका छन् । प्रचण्ड,केपी वली र शेरबहादुर देउवाहरु दलालको प्रतिनिधित्व गरेको भन्दै क्रान्तिकारी आन्दोलनको अगुवाइ गर्ने विप्लव मार्फत जनताका तमाम समस्या हल गर्न सक्ने बताए ।

बिरहीले कतिपय संसदवादी नेताहरू भ्रष्टाचारमा मुछिएको भन्दै उनीहरूले परिवारका सदस्य मार्फत अवैध धन आर्जन गरेको बताए ।नेता बिरहीले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेको भन्दै समाजवादी केन्द्र बलियो बनाउन जरुरी रहेको बताए ।समाजवादी मोर्चा तर्फ संकेत गर्दै नेता बिरहीले सत्ता र सरकारका लागि मोर्चा नभएको बताउदै प्रगतिशील र जनपक्षीय मुद्दामा मोर्चा बनेको दाबी गरेका छन् । कतिपयले मोर्चालाई एकताको रुपमा व्याख्या गरेको भन्दै त्यो एकता जनयुद्धको मर्म अनुसार हुने ठोकुवा समेत गरे ।कतिपय सरकारवादी नेताहरूले रोल्पाका जनताको विश्वास माथि कुठाराघात गर्दै व्यक्तिगत सुख-सुविधामा लागेको बताउदै यसको हल एकीकृत जनक्रान्तीले गर्ने समेत बताएका छन्अनिल सी पछि जनसभामा महासचिव विप्लव र स्थायी समिति सदस्य विषम सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार