पुजिवादका विरुद्ध जनपत्रकारिता

डेली न्युजराप्ती       १२ आश्विन २०७८ १८:१४ मा प्रकाशित     825 No Comments

हेमन्त प्रकाश वली
संक्षिप्त ईतिहास:- नेपाली पत्रकारिताको बिकासक्रम अध्यन गर्दा यसको जन्म छापा पत्रकारिताबाट भएको हो।विं सं.१९४३ मा मोतिराम भट्टले गोरखा भारत जीवन नामक मासिक पत्रीका भारतको कासिमा छापेर नेपाली पत्रकारिताको जगमा पहिलो इट्टा हाल्ने काम गरे।
नेपालको इतिहासमा १९५५ मा सुधा सागर नामक पत्रीका प्रकाशित भएको पाइन्छ।१९५८ बैशाख २४ गते श्री ३ देबशमशेरले पहिलो समाचारपत्र प्रकाशित गरे। २००७ साल कार्तिक २० गतेका दिन शसस्त्र आन्दोलनकै क्रममा रेडियो प्रजातन्त्रको जन्म भयो भने २००७ साल चैत्र २० गते बैधानिक रुपमा उक्त रेडियो रेडियो नेपालमा परिणत भयो। नेपालमा पहिलो समाचार एजेन्सी रुपमा नेपाल सम्बाद समितिको स्थापना २०१६ साल पुस १ गते भयो। २०१७ बैशाख ३० गते सगरमाथा सम्बाद समितिको स्थापना भएको थियो।२०१८ साल फागुन ७ गते राष्ट्रिय सम्बाद समितिको स्थापना भयो र दुबै समिती एकीकरणपछि समितिले २०२८ सालदेखी राष्ट्रिय समाचार समिती(रासस)को नामबाट निरन्तरता पाइरहेको छ।
२०४२ साल श्रावण २९ गते पहिलो नेपाली टेलिभिजन नेपाल टेलिभिजनले पहिलो सफल परिक्षण प्रसारण गर्यो तथा २०४२ साल पुस १४ गतेदेखी नियमित प्रसारण गरिरहेको छ। २०५२ साल असार ३१ गतेबाट world link ले नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउन थाल्यो।त्यसपछी मुलुकमा दुरसंचार संस्थानले २०५२ सालबाटै इन्टरनेट सेवा उपलब्ध गराउन सुरु गर्यो।
अहिले नेपालमा लगभग आठ हजार भन्दा बढी पत्रपत्रिका,झन्डै सात सय भन्दा बढी एफएम रेडियो,एक सय भन्दा बढी टेलिभिजन र अठठाइस सय भन्दा बढी अनलाइनहरु बैधानिक रुपले संचालनमा छन।

किन गर्ने जनपत्रकारिता?
हामी आज संचार माध्यमहरुको ठूलो भिडमा उपस्थित भएका छौं।नेपाली पत्रकारिताको जगदेखी यहासम्म आइपुग्दा थुप्रै समाचारहरु लेखिए तर ती लेखाइमा मात्र सिमित हुन पुगे।त्यसले समग्र व्यवस्था परिवर्तन र जनताको मुक्तिको आकांक्षालाई त्यति उचाइबाट चुम्न सकेन।दार्शनिकहरुले भनेका छन दुनिया बुझ्ने मात्रै होइन त्यसलाइ बदल्नु मुख्य कुरा हो। आज नेपाली पत्रकारिता जगतमा दार्शनिकहरुको भनाइ निकै सान्दर्भिक हुन पुगेको छ। आज दुनिया पुजीवादी विश्व व्यवस्थाको संकटले संसारभरिका मानिसहरुमा शोषण,दमन,उत्पीडन,गरिवी,अशिक्षा व्याप्त भएको छ।पुजिवादको ठेकदार बनेको साम्राज्यवादी मुलुक अमेरिकाले कम्युनिस्टहरुका केही अबधारणाहरु चोरेर शान्ती,स्वाधिनता,समृद्धि र बिकासको खोक्रो आश्वासन बाडिरहेको छ।बहुसंख्यक श्रमिक जनतामाथी केही सिमीत पुजिपती बर्गले रजाइ गरेर आफ्नो साम्राज्य स्थापित गरेको छ। आज नेपालमा केही पुजिपती एजेण्टको लगानिमा संचालित मिडिया हाउसहरुले जनतालाइ बास्तविक सत्यतथ्य सुचना सम्प्रेषण भन्दापनी पुजिवादको शोषणलाई बढवा दिएका छन।पुजिवादी राज्यव्यवस्थाका कारण आज मानिस-मानिस बिचमा ठूलो असमानता रहेको छ। बिश्वमा केवल आठ जना धनाढ्य व्यक्तिहरुको सम्पत्ति र तीन अरव पचास करोड मानिसहरुको सम्पत्ती बराबर रहेको छ।बिस्श्वका श्रमजीवी जनताहरुलाइ यो असमानता किन र कसरी थाहा भएको हुदैन। पुजिवादले आज संसारभरिका श्रमजीवी मानिसहरुलाइ धर्मको माध्यमबाट नियन्त्रण आफ्नो हैकम बिस्तार गर्न हरसम्भब प्रयास पनि गरिरहेको छ। बिश्वभरी आफ्नो प्रभुत्व कायम गर्न अमेरिका लगाएत अन्य पुजिबादी मुलुकहरुले ठूलो धनराशि सैन्य क्षेत्रमा खर्छ गरिरहेका छन साथै नेपाल जस्ता अन्य मुलुकहरुमा जनताको बिद्रोहलाई निस्तेज गर्न बेलाबेलामा अत्याधुनिक हतियारहरु सहयोग गर्ने गरेका छन। अत्याधुनिक हतियार,मिसाइल र उच्च प्रबिधिको चरम दुरुपयोग गरि विभिन्न स्वतन्त्र मुलुकहरुमा अमेरिकाले बेलाबेलामा आक्रमण गर्ने गरेको छ। प्रजातन्त्र,मानव अधिकार नागरिक स्वतन्त्रताको हवाला दिदै केवल आफ्नो नाफाका लागि हस्तक्षेप र अतिक्रमणको सिमा पार गरेको छ। त्यसकारण बिश्वभरी पुजीवादी संसदीय व्यवस्था मरानासन्न अवस्थामा पुगेको बेला नेपालमा पनि यो संकटग्रस्त अवस्था रहेको छ। नेपालमा दलाल पुजिपतीहरुको सुखी नेपाली,समृद्ध नेपालको भजन दुखी नेपाली कंगाल नेपालमा परिणत भएको छ। दलाल सत्ताले नेपाली जनतामाथि शोषण,दमन,उत्पिडन,भ्रस्टाचार,अनियमितताको सिमा पार गरेको छ। सामाजिक विभेद,जातिय हिंसा,बलात्कार,बेथीति,बिसंगतीले सिमा नाघेको छ। आज नेपालको राष्ट्रियता सर्वाधिक संकटमा छ।एकातिर भारतिय साम्राज्यवादले हाम्रो भुमी लिपुलेक,लिम्पियाधुरा,कालापानीमा अतिक्रमण गरेको छ भने अर्कोतिर अमेरिकी साम्राज्यवादले सहयोग परियोजना मार्फत एमसिसी सम्झौता जबर्जस्त लाद्न खोजिरहेको छ। एमसिसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्न संसदवादी दलालहरु तछाडमछाड गरिरहेका छन। उनिहरु बिच बिदेशी मालिकहरुलाइ कसले बढी खुसी बनाउने प्रतिस्पर्धा चलिरहेको छ। ५५ अर्वको लोभमा संसदवादीहरु देश नै लिलाम गर्न कम्मर कसेर लागिरहेका छन।
तीन करोड नेपालि नगरिकहरु यो सम्झौताको विरुद्धमा हुदाहुदै पनि एमसिसि पास गर्न देउवा सरकार जनतालाइ विभिन्न धम्कीपुर्ण वक्तव्य जारी गर्दै बिरोध गर्ने नागरिकलाइ जेल हाल्ने सम्मको धम्की दिइरहेको छ। भारतिय एसएसबीले नेपाली नगरिक गबिन्द गौतम,जयसिंह धामीहरुलाई बीभत्स हत्या गर्दा समेत राज्य चुइक्क बोल्न सक्ने अवस्था छैन।माहाकाली नदि तुइन मार्फत तर्ने क्रममा भारतिय एसएसबीले तुइन चुडालेर दार्चुलाका जय सिं धामीको हत्या गर्यो तर पुजिवादी दलाल संसदीय व्यवस्थाका मतियारहरु भारत संग कुनै सवाल-जवाफ गर्न सकेनन बरु छनबिन समितिले बनाएको प्रतिबेदनमाथी भारतिय बिदेश मन्त्रालयका प्रवक्ताको हेपाहा अभिव्यक्ति समेत लम्पसार भएर सत्ताले सुनिरह्यो,कुनै प्रतिकार गरेन। नेपाली नगरिकहरु दिनदहाडै आफ्नै भुभाग भित्र भारतिय सेनाको गोलि खाएर मर्नुपर्ने दर्दनाक अवस्थामा छन। राज्य नागरिकहरुको सुरक्षा,जनताको अधिकार,सुशासन,स्वाधीनताका बिसयमा भन्दापनी रातदिन अर्वौ भ्रस्टाचार,बिदेशी मालिकहरुको गुलामी गर्न व्यस्त छ।
२००७ सालदेखिको लामो संघर्ष,दस बर्षको भीषण जनयुद्ध लगाएत विभिन्न समयमा चलेका मुक्तीसंघर्ष बाट प्राप्त उपलब्धिहरु स्थापित भएको र अब क्रान्ती किन भन्ने भ्रम छर्दै प्रतिक्रियावादीहरु जनतालाइ नया शैलीबाट दिनहु लुटिरहेका छन।

लेखक:- जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समिती सदस्य तथा दाङ जिल्ला अध्यक्ष हुनुहुन्छ।

आज देश सर्वाधिक संकटमा छ।दलाल संसदीय व्यवस्थाको चरम संकटले आम नेपाली जनताहरुले यो व्यवस्थाको विकल्प खोजेका छन। यतिबेला हामी जनपत्रकारहरुले आफ्नो कलम परिवर्तन,न्याय,समानता साथै जनतालाइ खोजेको व्यवस्थाको विकल्पको चाहानालाइ बिद्रोही चेतनामा सुसूचित गर्नुपर्ने दायित्व आएको छ। केही पत्रकारहरुको हामिलाइ पत्रकारिता निस्पक्ष,स्वतन्त्र हुन्छ भनेर खोक्रो दर्शन पढाइरहेका छन तर तिनिहरु आफै आफ्नो बर्गको हित,पुजिपती बर्गको सत्ता रक्षार्थ कलम चलाइरहेका छन। पुजिपती एजेन्टहरुको लगानीमा संचालित मिडियाहरुले विभिन्न अफवाह फैलाएर शोषण,दमन,उत्पिडनका विरुद्ध जनताको सचेत बिद्रोहलाई उठ्न नदिन अनेक मेहनत गरिरहेका छन। नेपालमा केही ठुला मिडिया हाउसहरुले नै एमसिसी जस्तो राष्ट्रघाती सम्झौताको बिज्ञापन प्रसारण बजाएको तथ्यबाट नै नेपाली पत्रकारितामापुजिवादी एजेन्टको लगानी र सहयोगबाट संचालित भएको पुष्ठि हुन्छ र उनिहरु कहिलै पनि जनतालाइ वास्तविक सुचना संचार सम्प्रेषण गर्दैनन । केही समय अघि एमसिसी सम्झौताको बिज्ञापन प्रसारण सुरु गरेको एपिवान टेलिभिजनले जनताको व्यापक जनदबाबका कारण बिज्ञापन प्रसारण बन्द गरिएको सार्वजनिक सुचना जारी गर्दै प्रसारण बन्द गरेको थियो।
त्यसैले हामी जनपत्रकारहरुको हातमा ऐतिहासिक र गहन जिम्मेवारी आएको छ। एकातिर संसदवादिहरु मुलुक नै लिलाम गरेर आफ्नो कुर्सी र सत्ता टिकाउन हरदम प्रयास गरिरहेका छन भने अर्कोतिर दलाल पुजिवादी व्यवस्थाले विभिन्न नया र अलि पृथक शैलिमा जनतालाइ लुटिरहेको छ। हामिले यी सम्पुर्ण भ्रम च्यात्नुपर्ने छ।
यसअघि उल्लेख गरेझै दुनिया बुझ्ने मात्रै होइन बदल्ने मुख्य कुरा हो।त्यसैले हामी समाचार लेख्ने मात्रै होइन त्यसलाइ बिद्रोहमा परिणत गर्दै जनतालाइ क्रान्तिमा संगठित गर्ने दायित्व हाम्रो काधमा आएको छ। हाम्रा कलमले संकटको विकल्प जनतालाइ स्पष्ट बुझाउन सक्नुपर्छ।हाम्रा कलमले पेशागत हकहित,अधिकारका साथै शोषण,दमन र उत्पीडनका विरुद्ध निर्मम संघर्ष गर्नसक्ने तागत राख्नुपर्छ।हाम्रा कलमले बिश्वभरी बहुसंख्यक श्रमिक जनतामाथी सिमित पुजिपतीको शासनका विरुद्ध जनतामा चेतना पैदा गर्नुपर्छ।मानव समाजको स्वर्णिम व्यवस्था वैज्ञानिक समाजवाद स्थापनानै सबैखाले संकट समाधानको निर्विकल्प बाटो हो भन्ने कुरा जनतालाइ बुझाउनु नै हाम्रो एकमात्र उदेश्य हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार