चीनको अफिम युद्ध र परिणाम

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० १३:५८ मा प्रकाशित     122 No Comments

सुमन नेपाली
सन् १८३० तिरको कुरा हो, चीनमा छिङ (Ching) वंशको सरकार थियो । चीन त्यसबेला आत्मनिर्भर किसानी अर्थतन्त्रमा आधारित एक सामन्ती समाज थियो । त्यसबेला बेलायत संसारको सबभन्दा अगाडि बढेको औपनिवेशिक शक्ति थियो । त्यसको पुँजीपतिवर्ग अन्य देशमा जस्तै चीनमा पनि घुस्न चाहन्थ्यो । तिनीहरू चीनमा आफ्ना कपास र ऊनले बनेका तयारी सामान बेच्न चाहन्थे र त्यहाँका कच्चा सामान लैजान चाहन्थे । चीनमा त्यतिबेला विदेशीहरू आएर बन्द व्यापार गर्न पाउँदैनथे । बेलायती पुँजीपतिवर्ग चीनमा बसेर आफ्नो व्यापार बढाई चिनियाँ जनतालाई ठग्न र लुट्न चाहन्थे । बजार कब्जा गर्न सरकारको स्वीकृति चाहिन्थ्यो वा ढोका खोल्नु आवश्यक थियो ।बेलायती पुँजीपतिहरूले चीनमा अफिमको व्यापार गर्न थाले । त्यसबाट बेलायतले २–३ करोड स्वर्ण मुद्रा वा सुनको इँटा हात पा¥यो र १८३५ सम्ममा चीनका २० लाख ठूल–ठूला कर्मचारी, बुद्धिजीवीहरू, जमिनदारहरू, खान्दानी र साहु–महाजनहरू अफिमको लतमा परिसकेका थिए । अफिमको लतले एकातिर माथिल्ला चिनियाँ जनता काम गर्न नसक्ने ऐøयासी र खर्चालु भए भने अर्कोतिर सुनको भण्डार बेलायतीहरूको हातमा गयो । त्यसले चाँदीको मुद्राको भाउ बढ्यो, साथै तामाको मुद्राको मूल्य पनि बढ्यो । त्यसको प्रत्यक्ष प्रभाव किसान र अन्य कामगरी खाने तल्लोवर्गका जनतामा पर्यो । तिनीहरूले तिर्ने करको भार बढ्दै गयो । जनताको जीवनस्तर तल झर्यो र दैनिक जीवन कष्टकर हुँदै गयो ।अफिमको व्यापारले देशको चौतर्फी नोक्सान गरेकोबारे दरबारमा दुईमत देखापर्यो । एउटा पक्ष, अफिमको व्यापारमाथि रोक लगाउनुपर्छ भन्ने थियो भने अर्को पक्ष त्यसको समर्थनमा थियो । अफिम व्यापारबाट फाइदा उठाइरहेका दरबारी गुट स्वाभाविकरूपमा बेलायतको पक्षमा थियो । तिनीहरू सारमा बेलायतका दलाल भइसकेका थिए । चिनियाँ सम्राट ताओ कुआङ (Tao Kuang) ले अफिमको व्यापारमा रोक लगाउन सैनिक अञ्चलाधीशको रूपमा लिन त्से स्यु (Lin Tse Hsu) लाई क्यान्टनमा खटायो । १८३९ को वसन्तमा क्यान्टन पुग्नासाथै अञ्चलाधीशले सबै विदेशी साहुमहाजन र व्यापारीहरूलाई सम्पूर्ण अफिम चीन सरकारलाई सुपुर्द गर्न (बुझाउन) र आयन्दा अफिम व्यापार नगर्न र नल्याउन हस्ताक्षर गर्न आदेश दियो । आज्ञा उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिने र सबै सामान जफत गर्ने आदेश पनि सुनाइयो ।त्यसबेला बेलायती व्यापारको मुख्य अधिकारी क्याप्टेन चाल्र्स इलियट (Captain Charles Elliot) थियो । उसले चीन सरकारको त्यो निर्देशनलाई असफल पार्न बेलायती साहुमहाजनहरूलाई अफिम सुपुर्द नगर्न र अब आयन्दा अफिमको व्यापार नगर्ने कागतमा हस्ताक्षर नगर्नसमेत आदेश दियो । बेलायतीहरूको त्यस अवज्ञाको जवाफमा अञ्चलाधीश लिन त्से स्युले विदेशीहरूका सबै गोदामहरूलाई चिनियाँ सिपाहीहरूले घेर्न लगाए, दानापानी अर्थात् तरकारी र पानी आपूर्ति रोके, तिनीहरूलाई बहालमा दिइएका सबै ठाउँ छोड्ने आदेश दिए तथा बेलायतीहरूकहाँ काम गर्ने सबै चिनियाँ कर्मचारीहरूलाई विदेशी व्यापारीहरूको गोदाम र व्यापार केन्द्रहरू छोड्न निर्देशन दिए ।तीन दिनको घेराबन्दीपछि क्याप्टेन इलियटले आत्म–समर्पण गर्यो र अफिमको २० हजार बाकस चीन सरकारलाई बुझायो, त्यसमा अमेरिकी साहु–महाजनहरूको एकहजार अफिमको बाकस पनि थियो । ३ जून १९३९ को दिन ह्युमेन (Human) भन्ने समुद्री किनारमा तीन दिन लगाएर जफत भएको अफिमलाई आगो लगाई खरानी पारियो । त्यो दिन चिनियाँ इतिहासमा विजयको दिन जत्तिकै खुसीको दिन थियो र अञ्चलाधीश एक वीरको रूपमा स्मरण गरिए ।युद्धको तयारी
प्रतिक्रियावादीहरू अन्तसम्म हार मान्दैनन् भनेजस्तै बेलायती पुँजीपतिवर्गले हार मानेन । बेलायतीहरूले युद्धको तयारी गरेको थाहा पाएपछि अञ्चलाधीश लिन से स्युले पर्ल नदी (Pearl River) का किनाराहरूमा फलामे सिक्री र काठहरूले छेकवारहरू बनाउन दिए । नयाँ–नयाँ किल्ला बनाइए र ३ सय तोपसहितका सिपाहीँहरू नदीका किनारमा तैनाथ गरिए । चिनियाँ पल्टनको उत्साह उँचो थियो र परेड खेलाइयो । त्यहाँ जलसेनाका नायक क्वान तिइन पाइ (Kuan Tien Pai) थिए ।बेलायती आक्रामकहरूले क्वाङतुङ प्रान्तमा समुद्री किनाराबाट घुस्न अनेक प्रयत्न गरे तर सकेनन् । ठाउँ ठाउँमा आफ्नो देशलाई जोगाउन स्वयंसेवक दलहरू उपस्थित थिए । सेना र जनताको घनिष्ठ सम्बन्धले गर्दा बेलायती आक्रमण असफल हुँदै गयो । पानी परेको हुँदा बारुद भिजेर बेलायती सेनाको बन्दुक पड्केन र किसान जनताले पछाडिबाट गएर बेलायती सिपाहीहरूमाथि हमला गरे । अन्ततः बेलायती आक्रमण असफल भयो ।तर, बेलायती साम्राज्यवादीहरूले अप्रिल १८४० मा पुनः आक्रमण गर्न जर्ज इलियट (George Elliot) को अगुवाइमा नयाँ तयारी गरे । अर्कोतिर बेलायती सरकारले पेइचिङको राजदरबारमा सुनको घडी उपहार दिएर मेलमिलाप गर्ने र दुई देशको बिचमा झगडा लगाउने काम गरेको भनी अञ्चलाधीश लिन त्से स्युलाई दोष दियो । दरबारभित्र अफिम व्यापारले फाइदा उठाइरहेका बेलायती दलालहरू लिन से स्युको विरोधमा कुरो लगाउँदै थिए । दलालहरूको कुरा सुनेर सम्राट ताओ क्वाङले अञ्चलाधीश लिन त्से स्युलाई बर्खास्त गरे र बेलायतसँग मिल्ने चि शान (Chi Shan) लाई अञ्चलाधीश नियुक्त गरे ।बेलायत समर्थक नयाँ अञ्चलाधीश चि शानले क्यान्टन र समुद्री किनारामा बनाइएका सबै किल्ला, रक्षा पङ्क्ति र चौकीहरू भत्काउन दिए । बेलायतले आक्रमण सुरु गर्यो । चिनियाँ सम्राटले सम्झौता गर्न खोजे । बेलायतले हङकङ लिने र ६० लाख चाँदीको मुद्रा क्षतिपूर्ति माग गयो । चीनले त्यस सर्तलाई अपमान सम्झ्यो र बेलायतको अगाडि नझुक्ने दृष्टिकोण अगाडि सा¥यो ।
बेलायतले चिनियाँ सम्राटको मनसाय बुझेर ह्युमेन (Human) गढमा हमला गर्यो । चिनियाँ जलसेना नायक क्वान तिइन पाइ अन्तिम व्यक्ति भएसम्म लड्दै रहे । चीनको पराजय भयो र बेलायती सेना क्यान्टनको पर्खालसम्म पुग्यो र राति व्यापक हत्याकाण्ड, लुटपाट र आगो लगाउने काम भयो ।त्यस घटनाले चिनियाँ जनतामा ठूलो आक्रोश फैलियो । त्यसको बदला लिन चिनियाँ जनताले ‘बेलायती सेना दबाउने’ (Ping Ying Tuan) सङ्गठन बनाए । १८४१ को मई महिनामा क्यान्टनमा बेलायती सिपाहीहरूले उत्पात मच्चाउँदा अचानक घण्टा बज्यो र दसौँ हजार चिनियाँहरूले कुटो कोदाली र साधारण हातहतियार लिएर हमला सुरु गरे । महिला र केटाकेटीले लडाकूहरूलाई खानेकुरा र पानी पु¥याउँथे । पानी परेको हुनाले बेलायती सिपाहीहरू हिलोमा फसे । बेलायतको अगाडि आत्मसमर्पण गर्ने सरकारी अधिकारीहरूले किसानहरूलाई फकाई–फुलाई घर फर्काए र बेलायतीहरूलाई भाग्न दिए ।चिनियाँ सरकारले लडाइँ समाप्त भएको सम्झी समुद्र किनारका सबै अवरोध र किल्ला भत्काए । तर, बेलायतले २५ अगष्ट १८४१ मा पुनः ठूलो आकारको हमला गर्यो र अमोइ (Amoy) सहर कब्जा गर्यो । एक महिनापछि बेलायतले अमोइको उत्तरको तिहाइ (Tinghai) ६ दिन ६ रात लडाइँ गरी हात पा¥यो र त्यसपछि त्यसको पश्चिमको नगर निङपो (Nigpo) लाई १३ अक्टोबरको दिन हात पा¥यो ।ती लडाइँहरूमा चिनियाँ सेना नायकहरूले अत्यन्त वीरतापूर्वक लडे, घाइते र रक्ताम्य हुँदै देशको रक्षा गरे । तर, माथिल्ला पदाधिकारीहरू भित्रभित्र बेलायतसँग मिलेका थिए । त्यस्ता दलालहरूले चीनलाई खाल्डोमा पार्दै थिए ।बेलायती सेनाले ६ अगष्ट १८४२ मा नानकिङ नजिकै हमला गर्यो । २९ अगष्टको दिन नानकिङ बाहिर बेलायती जहाजमा पहिले असमान सन्धिमा चीनले हस्ताक्षर गर्यो । त्यस सन्धिअनुसार क्यान्टन, फुचाउ, अमोइ, निङपो र साङ्घाई गरी ५ वटा बन्दरगाह सहरमा बेलायतलाई व्यापार गर्न दिने भयो । हङकङ बेलायतलाई छोड्ने, दुई करोड १० लाख चाँदीको मुद्रा चीनले क्षतिपूर्ति दिने तथा बेलायतसँग सल्लाह गरेरमात्रै बेलायती सामानमा करको दर निर्धारण गर्न पाउने सर्त चीनलाई मान्न बाध्य बनाइयो ।नानकिङ सम्झौतापछि अर्थात् चीनको कमजोरी थाहा पाएपछि बेलायतले चीनमाथि एकपछि अर्को असमान सन्धि थोप्दै गयो । १८४३ मईमा बेलायतले ‘सबभन्दा महत्व दिएको राष्ट्रको व्यवहार गर्ने’ अर्थात् बेलायतलाई अरू शक्ति राष्ट्रभन्दा बढी सहुलियतहरू दिने, चिनियाँ र बेलायती साहु महाजनबिच कुनै विवाद भएमा बेलायती न्यायिक क्षेत्रभित्र पर्ने अर्थात् बेलायतको कानुनअनुसार फैसला गर्ने आदि चीनमा सर्वाधिकार सम्पन्न महावाणिज्यदूतको बन्दोबस्त गर्न चीन राजी भयो ।
बेलायतले यसरी चीनको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामाथि भाँजो हाल्दै गयो ।अफिम युद्धको परिणाम
संरा अमेरिकासँग वाङहिया सम्झौता
बेलायतसँग नानकिङ सम्झौताले चीनसँग निहुँ खोज्न संरा अमेरिकालाई उत्साहित गर्यो र १८४४ फेब्रुअरी महिनामा उसले मकाउ (Macao) का सर्वाधिकार सम्पन्न दूत पेइचिङ पठायो । बेलायतसँग डराएको छिङ सरकारले १८४४ जुलाई महिनामा मकाओ नजिकैको एउटा गाउँ वाङहिया (Wanghia) संरा अमेरिकासँग एक असमान सन्धि ग¥यो । ३४ धारा भएको वाङहिया सन्धिले बेलायतसँगको सन्धिमा भन्दा बढी सहुलियतहरू अमेरिकालाई दिने भयो र विदेशी पुँजीवादी शक्तिको निम्ति चीनको बाटो चौडा हुँदै गयो ।फ्रान्ससँग ह्वाङपो असमान सन्धि
ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेजस्तै चीनमाथि फ्रान्सले पनि ३६ धाराको असमान सन्धिमा हस्ताक्षर गरायो । त्यस सन्धिमा बेलायत र संरा अमेरिकाले पाएको सरह सबै सहुलियतहरू पाउने र चीनमा रोमन क्याथोलिक धर्म प्रचार गर्न पाउने भयो । त्यस सन्धिअनुसार चीनको ५ वटा बन्दरगाहहरूमा चर्च वा गिर्जाघर बनाउने र चिहानहरू बनाउन पाउने भयो । ती चर्चका पादरीहरूले चीनविरोधी गतिविधि पनि गर्थे ।तिनीहरूको अधिकार क्षेत्रभित्र पस्ने वा अतिक्रमण गर्ने चिनियाँहरूलाई र चीनको स्थानीय प्रशासनलाई सजाय वा कारबाहीको निम्ति बुझाउने पनि सन्धिमा उल्लेख थियो ।
चीन एक अर्ध–उपनिवेश देश बन्यो, नानकिङ सन्धिपछि बेलायती र अरू साम्राज्यवादी देशहरूको तयारी सामानले चीनको गाउँ–गाउँसम्म बजार पायो । बेलायती कपडाले चीनको कुटीर व्यवस्था ध्वस्त पा¥यो । बेलायतले फेरि अफिम बेचेर चीनको चाँदीको सम्पत्ति सोह¥यो र बजार मूल्य बढेर जनता झन्झन् गरिबीमा डुबे । चीनको आत्मनिर्भर अर्थतन्त्रलाई विदेशी पुँजीवादको प्रहारले ध्वस्त पा¥यो । चीन एक सामन्ती अर्थतन्त्रबाट अर्ध– उपनिवेशवादी अर्थतन्त्र र अर्धसामन्ती अर्थतन्त्रमा फेरियो । १८४९ मा क्यान्टनका जनताले विदेशीहरूलाई नगरभित्र पस्न नदिन ठूलो भिडन्त गरे तर सरकार झुक्यो । चिनियाँ जनताले विदेशी आक्रमणकारी र विदेशीको दलाली गर्ने र जनतालाई शोषण गर्ने स्थानीय सामन्ती शासकहरूको विरोधमा सङ्घर्ष गर्न थाले ।
स्रोत : चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार