चिङ काङ शानमा फेरि चढ्दा (१२९औ माओ दिबस)

डेली न्युजराप्ती       १० पुष २०७८ १८:५६ मा प्रकाशित     541 No Comments


–माओ त्से तुङ
म लामो समयदेखि वादलमा पुग्न अभिप्रेरित भएको छु
फेरि म धेरै टाढावाट आएको छु
हाम्रो पुरानो वासस्थान, चिङ काङ शान चढ्न भनेर ।
पहिलेका दृश्यहरु वदलिएका छन्,
ओरिअल चराहरु गाउँछन्, गौथलीहरु चक्कर मार्छन्,
खोलाहरु जहाँतहीं सुसाउँछन्
र वाटो आकाशतिर चढ्छ ।
एकपटक हाङग याङग चिह पार गरिएको छ
कुनै पनि अरु खतरनाक ठाउँ देख्न पर्दैन । वतास र मेघ गर्जन लागिरहेका छन्,
झण्डा र व्यानरहरु उडिरहेका छन्
जहाँकहाँ मानिसहरु बस्छन्
अठ्तीस बर्षहरु भागेका छन् ।
औंलाहरु भाँच्दाभाँच्दै
हामी नवौं आकाशमा चन्द्रमा समात्न सक्छौं
र पाँच सागरहरुका गहिराईमा कछुवा पक्रन सक्छौं
विजयी गीत र हाँसोका बीचमा हामी फर्कने छौं
यो दुनियामा कठिन भन्ने कुरा केही छैन
यदि तिमी उचाई नाप्ने हिम्मत गर्छौ भने ।
(लेखिएको मई १९६५, प्रकाशित जनवरी २,१९७६ )

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार