दाङ । दाङमा गएराती बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङको राप्ती गाउँपालिका-१ मा नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।
शुक्रबार राति साढे ११ बजेसम्ममा १२ जनाको मृत्यु र २३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको छ ।
नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।
भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो । दुर्घटनाको कारण थाहा हुन नसकेको उहाँले बताउनुभयो
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.