नेकपा दाङको तेस्रो जिल्ला बैठक सम्पन्न,नेता सुदर्शनलाई जिल्लामा भव्य स्वागत

डेली न्युजराप्ती       १७ आश्विन २०७८ १९:२७ मा प्रकाशित     787 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको तेस्रो बैठक सम्पन्न भएको छ।
असोज १६ र १७ गते दुई दिन सम्म चलेको बैठकले महत्वपूर्ण निर्णय लिएको नेकपा दाङले जनाएको छ। पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनको प्रमुख आतिथ्य तथा पार्टी केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितल,पार्टी केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन,पार्टी केन्द्रीय सदस्य सुन्दर,पार्टी बिशेष कमिटी सेक्रेटरी सुन्दर तथा सदस्य द्वय बिक्रम र सम्झनाको आतिथ्य रहेको थियो।

बैठकले कार्तिक १३,१४ र १५ गते जिल्लाको घोराहिमा युवा संगठन नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह भव्यताका साथ सफल बनाउन सम्पुर्ण तयारी गर्ने,मंसिर ८ गते पार्टी पुनर्गठन दिवशको अवसरमा काठमाडौ आयोजित विशाल जनसभालाई सफल बनाउन जिल्लामा व्यापक तयारी गर्ने,जवस मोर्चाका जिल्ला भेला/सम्मेलनहरु गर्ने,गाउँ,टोल पालिका र वडा स्तरमा राजनितिक सभाको आयोजना गर्ने,जिल्ला अन्तर्गतका सबै पालिकाहरुको बैठक बस्ने,आर्थिक लेबिलाइ अनुशासनको रुपमा व्यवस्थित गर्ने,सहिद परिवार,घाइते,बेपत्ता योद्धाहरु संग भेटघाट गर्ने,एमसिसी सम्झौता लगाएत बिकृती बिसंगती,लागुऔसध दुर्व्यसनी,मानव बेचबिखन,साम्राज्यवादी हस्तक्षेप वा अतिक्रमणको विरुद्ध,जयसिंह धामी हत्याका विरुद्ध लगाएत राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्ने लगाएतका निर्णय गरेको जनाइएको छ। यस्तै बैठकले केही पालिकामा जिम्मेवार हेरफेर गरेको छ जसअन्तर्गत गढवा गाउपालिकामा महान,राजपुर गाउपालिकामा उज्ज्वल,राप्ती गाउपालिकामा एकराज र दंगिशरणमा राजकुमार क्षत्रीलाई इन्चार्ज/सेक्रेटरीको रुपमा जिम्मेवारी तोकिएको नेकपा दाङका सेक्रेटरी प्रदिपले जनाएका छन।
बैठकमा प्रशिक्षाणात्मक मन्तव्य प्रमुख अतिथी नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शन,केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले राखेका थिए। बैठकको अध्यक्षता तथा संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका हुन।

नेता सुदर्शनलाइ दाङमा भव्य स्वागत
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली(सुदर्शन)लाई नेकपा दाङले जिल्लामा स्वागत गरेको छ।
नेकपा दाङको तेस्रो बैठकमा उपस्थित हुन दाङ आएका नेता सुदर्शनलाई राज्यले राजनितिक प्रतिसोध राखी झुठा मुद्दा लगाइ सरकारले लामो समयदेखी हिरासत र कारागारदेखि बन्दी बनाएको तथा पछिल्लो समय जेलमुक्त हुनुभएका नेता सुदर्शनलाई जिल्ला पार्टीले रातो टीका,पुष्पगुच्छा र माला सहित उपहार स्वरुप डायरी प्रदान गर्दै पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले स्वागत गरेका हुन भने तेस्रो बैठकमा उपस्थित जिल्ला कमिटीका नेताहरुले भव्य ताली बजाएर बैठक स्थल गुन्जाएका थिए।
नेकपा दाङको तेस्रो बैठक स्थलमा पुग्ने बित्तिकै नेकपा दाङका नेता-कार्यकर्ताहरुले नेता सुदर्शनलाई लालसलाम सहितको सम्बोधन व्यक्त गर्दै अत्यन्त उल्लासमय ढंगले ताली बजाएर भव्य स्वागत गरेका हुन।

बैठकमा एक महिने अभियानको समिक्षा
नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो पुर्ण बैठकमा पार्टीले जिल्लामा संचालन गरेको एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानको समिक्षा गरेको नेकपाले जनाएको छ। असोज १६ र १७ गते दुई दिन सम्म चलेको बैठकको पहिलो दिन जिल्ला कमिटीका सदस्यहरुले संगठनात्मक गतिविधि,जनतामा पार्टी प्रतीको जनअपेक्षा र पार्टीले संचालन गरेको एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानको बिसयमा रिपोर्ट प्रस्तुत गरेको नेकपाले जनाएको छ।
बैठकमा एक महिने अभियान अन्तर्गत जिल्लाका विभिन्न पालिकाका क्षेत्रहरुमा जिम्मेवारी लिएका अभियान कमान्डर,अभियान टिम सदस्य तथा जिल्ला अन्तर्गतका पालिका इन्चार्जहरुले पनि रिपोर्ट राखेको नेकपाले जनाएको छ।

हामी अदालतको आदेशमा छुट्यौ,सरकार तीन बुदे सहमतीप्रति इमानदार भएन- सुदर्शन
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली(सुदर्शन) नेकपा दाङको तेस्रो जिल्ला बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै आफुहरु अदालतको आदेशमा छुटेको बताए। नेता सुदर्शनले भने,”केपि सरकार र हाम्रो पार्टी बिच भएको तिन बुदे सहमती कार्यान्वयनका लागि सरकार इमानदार भएन,हामी अदालतको आदेशमा छुट्यौ”। उनले तिन बुदे सहमतीप्रती राज्य गम्भीर नभए आफुहरु जनतामा जाने उद्घोष गरेका थिए।
नेता सुदर्शनले संसदीय व्यवस्थामा प्रजातन्त्र भ्रम मात्रै रहेको तर्क गरे। साच्चिकैको प्रजातान्त्रिक मूल्य मान्यताहरुको रक्षा र प्रयोग वैज्ञानिक समाजवादि राज्यव्यवस्थामा हुने सुदर्शनको जिकिर थियो।
एक फरक प्रसंगमा नेता सुदर्शनले निजि सम्पत्तीको अन्त्य गरि सामुहिक सम्पत्तिको विकास गर्दै वैज्ञानिक समाजवादको अनवरत यात्रामा अबिचलित दौड्न आग्रह गरे। उनले वैज्ञानिक समाजवाद साम्यवादको प्रारम्भिक रुप भएको बताए।

पार्टीले नेपालमा देखिएका राजनितिक,आर्थिक,सामाजिक,सांस्कृतिक बिबिध समस्याहरुको समाधानको विकल्पको रुपमा जनमतसंग्रहको एजेन्डा अघि सारेको नेता सुदर्शनको भनाइ थियो। पुजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने बिसयमा जनतालाइ व्यवस्था चुन्ने अधिकारको माग गर्दा आफुहरु माथी सच्चा लोकतन्त्रवादी ठान्नेहरुले अनेकन भ्रम छरेको प्रती सचेत रहन जनतालाइ सुदर्शनको अपिल थियो। लोकतन्त्रको उच्चतम रुप जनमत भएकाले व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्ने नेता सुदर्शनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार