जेठ १३ , तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितीले तुलसीपुरमा शान्ती र्याली सम्पन्न गरेको छ ।
आइतबार तुलसीपुरको बसपार्क स्थित तिनकुने चोकबाट सुरु भएको शान्तिका लागि समाजवाद र्याली बिपि चोक पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सीले अहिले बिश्वभरी अमेरिकी साम्राज्यवादले युद्ध मच्चाइरहेको भन्दै तत्काल सबै युद्धहरु रोक्न माग गरेका हुन् ।
उनले भने– ‘ अहिले बिश्वभरि अशान्ती छ । रुस-युक्रेन , इजरायल – प्यालेस्टाइन युद्ध लगाएत तमाम युद्धहरुले आम मानिसहरु सन्त्रासमा बाचिरहेका छन् । शान्तिपूर्ण ढंगले वाँच्न पाउने जनताको अधिकारलाई आफुलाई प्रजातान्त्रिक शक्ति ठान्ने पुजीवादका नाइके एवम अमेरिकी साम्राज्यवादले युद्धको नेतृत्व गरिरहेको छ ।’
वास्तविक शान्ती समाजवादमा मात्रै सम्भव छ , उनले थपे , ‘ अमेरिकाले शान्तीको नाममा संसारभरी युद्धको व्यापार गरिरहेको छ । अमेरिकाले एउटा हल्ला जबर्जस्त गर्ने गरेको छ त्यो हो समाजवादीहरुले अशान्ती चाहान्छन तर यो कुरा सत्य होइन वास्तविक शान्ती चाहाने शक्ति समाजवादी हुन् , शान्ती केवल समाजवादमा मात्रै सम्भव छ । बिश्वका श्रमिक जनतालाई थाहा नै छ कि अहिले बिश्वभरी चलिरहेका युद्धहरुको कारण अमेरिकी साम्राज्यवाद हो । अमेरिकाले दक्षिण एसियालाई पनि अहिले जबर्जस्त युद्धमा तान्न खोजिरहेको छ , त्यसको पुष्ठि एमसिसी लाद्नुलाई हेर्न सकिन्छ । एमसिसी मार्फत अमेरिकाले नेपाललाई जबर्जस्त युद्ध मैदानमा परिणत गर्न खोजिरहेको छ । अमेरिकाले सामरिक महत्वका भुभागलाई रणनीति ढंगले उपयोग गर्न खोजिरहेको छ , नेपाली जनता सचेत हुन जरुरी छ ।’
नेता प्रदिप सीले अहिले विश्व साम्राज्यवादले चलाइरहेको पुजीवादी राज्यव्यवस्था र नेपालको दलाल पुजीवादी संसदीय व्यवस्थाले श्रमिक जनताको प्रतिनिधित्व गर्न नसकेलाले यसको विकल्प समाजवादी राज्यव्यवस्था भएको ठोकुवा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम शान्तिनगर गाउँकमिटीका इन्चार्ज जनक सीले साम्राज्यवादले कम्युनिस्टहरुलाई नै अशान्तीको मिथ्या आरोप लगाएको वताए ।
कम्युनिस्टहरु वास्तविक शान्ती चाहाने शक्ति भएको तर दमन , उत्पीडन र शोषणका विरुद्ध सचेततापुर्वक लड्ने भएकाले साम्राज्यवादले कम्युनिस्टहरुमाथी अनर्गल प्रचारबाजि गर्ने गरेको समेत स्पष्ट पारेका थिए ।
शान्तिका लागि समाजवादका शान्ती र्यालीपछिको कोणसभालाई सहजीकरण नेकपा तुलसीपुर नगर सेक्रेटरी भुवन सीले गरेका थिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङले शान्तीका लागि समाजवादको र्याली जिल्लाका विभिन्न ठाउँमा गरेको जनाएको छ ।
पार्टीले घोराही , लमही लगाएतका मुख्य बजारहरुमा शान्ती र्याली निकालेको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.