Site icon dailynewsrapti.com

बिधालय व्यवस्थापन समितिको निर्वाचनमा विप्लव नेकपा सहितको गठबन्धनको सानदार जित


हेमन्त प्रकाश वली,दाङ। बिधालय व्यवस्थापन समितिको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल कांग्रेसको संयुक्त गठबन्धनका सम्पुर्ण उम्मेदवारहरुले सानदार जित हासिल गरेका छन।

तुलसीपुर १९ स्थित श्री जनजागरण माध्यामिक बिधालय व्यवस्थापन समितिको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले जित हासिल गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट गठबन्धनकि उम्मेदवार शारदा केसि वलीले ७६ मत प्राप्त गरेर जित हासिल गरेकी हुन भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्र र नेकपा(एस) गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी निमा बिकले ६० मत प्राप्त गरेर पराजित भएकी हुन। यस्तै नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका खिम बहादुर रावतले ७१ मत प्राप्त गरेर विजय हासिल गरेका हुन भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका तिला मल्लले ८८ मत र डिल बहादुर खड्काले ७६ मत प्राप्त गरि बिजय हासिल गरेका हुन। यस्तै माओवादी केन्द्र र नेकपा(एस) गठबन्धनका दुर्गा बिकले ६१ मत प्राप्त गरेका थिए भने लाल बहादुर ओलिले ५९ मत प्राप्त गरि पराजित भएका हुन।

यस्तै निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट उम्मेदवार रहेका भरत पार्धेले ४७ मत,टिकाराम पुनले ४३ मत,विपना थापाले ४५ मत र पबित्रा बिकले ४४ मत प्राप्त गरि निर्वाचनमा पराजित भएका हुन।
माओवादी केन्द्र र नेकपा(एस) गठबन्धनका एक जना उम्मेदवारको निर्वाचन समितिले उम्मेदवारी खारेज गरेको जनाइएको छ। जम्मा १९२ मतदाता मध्य १८७ मत खसेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version