अखिल नेपाल महिला संघ क्रान्तिकारी घोराहीले महिलाका हक , अधिकारका विषयमा गोष्ठी गर्ने

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८१ ०६:४५ मा प्रकाशित     87 No Comments

जेठ २९, घोराही । अखिल नेपाल महिला संघ क्रान्तिकारी घोराही उपमहानगर कमिटीले महिलाका हक अधिकारका विषयमा गोष्ठी आयोजना गर्ने भएको छ ।

बुधबार नेकपा निकट महिला संघ क्रान्तिकारी घोराही उपमहानगर कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले महिलासंग सम्वन्धित विषयहरुमा अन्तरक्रिया एवम गोष्ठीको आयोजना गर्ने , पार्टीका विभिन्न योजनाहरुमा सहभागी हुने , वृद्दाआश्रम एवम अनाथ बालबालिकाहरुलाई फलफुल वितरण गर्ने , छात्रा बिद्यार्थीहरुसंग भेटघाट एवम सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्ने , सामाजिक रुपमा महिलामाथी हुने विभेदका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

बैठकले वडा कमिटीहरुको बैठक बस्ने , महिलाहरुलाई सदस्यता वितरण गर्ने , उत्पादन कार्यमा सहभागी हुने लगाएतका निर्णयहरु गरेको महिला संघले जनाएको छ ।

महिला संघकि घोराही उपमहानगर कमिटीका अध्यक्ष साधना सीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमख आतिथ्यता रहेको थियो ।

यस्तै पार्टीका केन्द्रीय सदस्य एवम जवस/मोर्चा लुम्बिनी प्रदेश इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम २ नं. निर्वाचन क्षेत्र इन्चार्ज पाटन जंगली सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका घोराही नगर इन्चार्ज विकाश सी , पार्टीका जिल्ला कार्यालय सदस्य निर्मल सी , पार्टीका शान्तिनगर गाउँकमिटी इन्चार्ज जनक सी , घोराही नगरका सेक्रेटरी महान सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय अशोका सी र रेखा सीको बिशेश आतिथ्यता रहेको थियो ।

संगठनकि घोराही नगर संयोजक साधना सीको अध्यक्षता एवम सञ्चालनमा बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार