शान्ति प्रक्रियाका काम नटुङगिनुमा सबै दोषी छौः एमाले नेता महेश बर्तौला

डेली न्युजराप्ती       ५ असार २०८१ ०७:३२ मा प्रकाशित     35 No Comments

काठमाडौं । नेकपा (एमाले)का नेता तथा संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले १८ बर्षसम्म शान्ति प्रक्रियाका कामहरु टुङग्याउन नसक्नुमा सबै दोषी भएको स्वीकार गरेका छन ।
काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एमाले नेता बर्तौलाले यत्तिका बर्षसम्म शान्ति प्रक्रियाका कामहरु टुङग्याउन नसक्नुमा सबै दोषी भएको स्वीकार गरेका हुन ।
उनले भने ‘शान्ति सम्झौता भएको दिनदेखि ६० दिन भित्र बेपत्ताहरुको अवस्था सार्वजनिक गर्ने भनिएको थियो, त्यो भएन,विद्रोहको नेतृत्व गरेको पार्टी र एमाले पटक –पटक सत्तामा गएका छन,विषय गम्भीर थियो, यो समाधान गर्न सकेनौ,यसमा हामी सबै दोषी छौ ।’
उनले अब टिआरसी विधेयकलाई छिटो भन्दा छिटो संसदवाट पास गरेर शान्ति प्रक्रियाका वाँकीकामहरु सक्नुपर्ने बताए । उनले पीडितलाई न्याय दिने गरी टिआरसी विधेयक पारित गरिनु पर्ने विचार व्यक्त गरे । नेता बर्तौलाले टिआरसी विधेयकलाई सत्ता उलट पलटको विषय बनाउन नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार