असार २२ , काठमाडौं ।दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ। युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दाबेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एमबाप्पेको फ्रान्स भिडेका थिए ।
तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । शुक्रबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले गोलको खडेरी तोड्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।
जसमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५–३ ले विजयी भयो । फ्रान्सका ओस्मन डेम्बेले, युसुफ फोफाना, जुलेस कुन्डे, ब्राड्ली बारकोला र थियो हर्नान्ड सबैले गोल गरेका थिए।
पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो, बनान्डो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जाओ फ्लेक्सको प्रहार बारमा लागेर बाहिरिँदा टिम नै प्रतियोगिताबाट बाहिर पुग्यो । अब सेमिफाइनलमा फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्ने छ।स्पेनले घरेलु टोली जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.