युरो कप २०२४:जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

डेली न्युजराप्ती       २३ असार २०८१ ०७:५२ मा प्रकाशित     175 No Comments

असार २२ । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई २–१ को गोल अन्तरमा जित दिलाए।
५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । उनले लामाइन यमलको पासको सदुपयोग गरे । तर, उक्त अग्रता स्पेनले बचाउन सकेन । 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतरिक्त समयमा पुर्याएका थिए । उनले लेरोय सानेको पासको सदुपयोग गरे ।

तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए । अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । तर त्यसको फाइदा घरेलु टोलीले लिने अवसर नै पाएन । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार