महिला लिग फुटबलमा आज वालिङ र बागमति युथ क्लब भिड्ने

डेली न्युजराप्ती       २६ पुष २०८१ १२:३८ मा प्रकाशित     37 No Comments

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लब भिड्नेछन् । दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुने जारी लिगमा दुबै टोली आज पहिलो जितको खोजीमा छन् । यसअघिका तीन खेलमा वालिङ र बागमती लगातार पराजित भएका छन् । विभागीय टोलीहरुको दबदबा रहेको महिला लिगमा यी दुई मात्रै गैर विभागीय टोली हुन् ।
आजको खेल जित्ने टोलीले लिगमा अंकको खाता खोल्नेछ । प्रतियोगितामा लगातार तीन खेल जितेको सशस्त्र प्रहरीको एपिएफ टिम ९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
बिहीबारको खेलमा नेपाल पुलिस क्लबलाई ६–० ले पराजित गर्दै एपिएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ७ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा छ भने पुलिस क्लबको पनि सात अंक नैं छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार