साउन २७ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
आइतबार घोराहीको साई मन्दिरमा सम्पन्न बैठकले पार्टीले चलाएको कृषि उत्पादनको नितिले पार्टीलाई लोकप्रिय बनाएको निष्कर्ष निकालेको छ ।
दोस्रो पुर्ण बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले पार्टीको कृषि उत्पादनको नितिले पार्टी जनताका बिचमा लोकप्रिय बन्दै गएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो – ‘ उत्पादनको कार्यले पार्टीलाई लोकप्रिय बनाएको छ । यो देशलाई आत्मनिर्भर बनाउने पार्टीको महाअभियान हो । यो अभियान पार्टीले निरन्तर चलाउछ । हाम्रो यो नीति पार्टीलाई आत्मनिर्भर बनाउने , नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने र अन्ततः यो देशलाई आत्मनिर्भर बनाउने नीति हो ।’
हामीले यो समाजलाई बदल्नैपर्छ ।’, बैठकमा बोल्दै उहाँले भन्नुभयो , ‘नेपालको दलाल पुजीवादी सत्ताले नेपाली जनताको जीवनलाई भताभुँङ्ग बनाइरहेको छ त्यसैले अहिलेको यो व्यवस्थालाई बदल्नैपर्छ । यो सत्तालाई एकीकृत जनक्रान्तीको माध्यमबाट बदल्ने हो । हाम्रो पार्टीले यो सत्ताको विकल्पमा नेपाली बिशेषताको समाजवाद प्रस्ताव गरेका छ। यो नै नेपाली जनताको जिवनलाई समृद्ध बनाउने राजनीतिक व्यवस्था हो ।’
अमेरिकाको एकध्रुबिय बिश्व बनाउने नीति तोडिएको छ ,नेता सविनले थप भन्नुभयो , ‘ अमेरिकाको एकछत्र राज अब चल्नेवाला छैन् । अमेरिकाको एकध्रुबिय विश्व व्यवस्था बनाउने नीति बिश्वभरीबाट तोडिएको छ । युक्रेन बाट होस वा अफ्गानिस्तानबाट होस वा जहाँजहाँ अमेरिकाले आतंकको खेती गर्ने सोचिरहेको छ त्यो सफल हुन सक्ने अवस्था छैन । यतिबेला अमेरिकाको बिश्वब्यापी आतंकको नीति तोडिदै गएको छ ।’
नेता सविनले बंगलादेशको बिद्रोह जनताको योजनावद्ध बिद्रोह नभएको समेत जिकिर गर्नुभएको हो ।
उहाँले उक्त बिद्रोह योजनावद्ध भएको भए पुरानो सत्ता फालेर नयाँ व्यवस्था स्थापना हुने थियो होला तर त्यसो नभएको बताउनुभएको हो ।
नेता सविनले कांग्रेस-एमाले समीकरण संसदीय व्यवस्थाको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो , ‘ अहिलेको समीकरण माओवादी केन्द्रले भनेजस्तो सरकारले शुसासनका पक्षमा काम गर्न थालेपछी , भ्रष्टाचारका फाइल खोल्न थालेपछी मात्रै बनेको होइन । सरकारका केही गतिविधि पनि कारक बन्न सक्छन् तर प्रधान कुरा चाहिँ संसदीय व्यवस्थाको अस्तित्व गुम्न थालेपछी कांग्रेस-एमालेको अमेरिकन फ्याकटरले समीकरण बनाईदिएको हो । यो समीकरण स्थिरता वा कांग्रेस-एमालेले भनेजस्तो समृद्धिका लागि होइन । तर हाम्रो कुरा के छ भने जतिसुकै टेको लगाएपनी यो व्यवस्था अब टिक्दैन । यो लगभग ढलिसकेको छ , अब अलिकती जनताको र हाम्रो पार्टीको तागत चाहिएको छ ।’
पार्टीका नेताकार्यकर्तालाई प्रशिक्षित गर्दै इन्चार्ज सविनले प्रचण्डहरु धोइपखाली , सफाचैट भएर आए पार्टी एकता हुने समेत बताउनुभएको थियो ।
उहाँले भन्नुभयो – ‘संसदीय सत्तामा पार्टीलाई चुर्लुम्म डुबाएका प्रचण्ड र उहाँका केही नेताकार्यकर्ताहरुहरु कांग्रेस-एमाले समेतलाई मात दिनेगरी भ्रष्टाचारमा डुबेर गन्हाएका छन् , सुनैसुनका महल ठड्याएका छन् ती सबै मान्छेहरु धोइपखाली , सफाचैट भएर आउछन् भने पार्टी एकता हुन्छ । हामी माओवादी आन्दोलन नयाँ ढंगले पुनर्गठन गर्न चाहेका छौँ । हाम्रो आह्वान छ अब माओवादीहरु जुट्ने बेला भयो । हाम्रो पार्टीको नीति नै छ यो देशका सच्चा क्रान्तिकारी , इमानदार , देशभक्त , प्रगतिशील , राष्ट्रवादी , सच्चा गणतान्त्रिक लोकतन्त्रवादीहरुलाई एकतावद्ध गर्दै समाजवादी राज्यसत्ता मार्फत नेपाली जनतालाई अधिकार सम्पन्न गराउने नीति लिएका छौँ ।’
यस्तै बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले नेकपाको नीति र नेतृत्व मात्रै अबको अग्रगामी निकास भएको बताउनुभएको हो ।
उहाँले जनताले एकपटक विप्लवलाई देशको जिम्मा दिने बिश्वास सबैतिर रहेकाले नेताकार्यकर्ताहरु सबैले जनताको सेवा गर्नुपर्ने सुझाब व्यक्त गर्नुभएको थियो ।
बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको स्थायी समिति बैठकको सर्कुलर वाचन एवम पार्टीको लुम्बिनी प्रदेशको सचिवालय बैठकको सर्कुलर वाचन गर्नुभएको थियो ।
यस्तै पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो पुर्ण बैठकले एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा (महान)को शालिक निर्माण कार्यलाई अविलम्ब सुरु गर्ने , पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा दाङमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने , राप्ती क्षेत्र अन्तर्गतको ५ दिने स्कुलिङ सञ्चालन गर्ने , जनभेटघाट एवम ध्रुवीकरण कार्यक्रमलाई तिब्रता दिने , क्रान्तीका विरुद्धमा आउने शक्तिका विरुद्ध निर्मम संघर्ष गर्ने , उत्पादन एवम श्रम कार्यलाई थप व्यवस्थित ढंगले सञ्चालन गर्ने , एमसीसी विरुद्ध जिल्लामा जनप्रदर्शन कार्यक्रम गर्ने लगाएतका निर्णयहरु गरेको नेकपाले जनाएको छ ।
यस्तै बैठकले कृषि प्राविधिक तालिक सञ्चालन गर्ने , असोजबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने , जिल्ला पार्टीको पत्रीकालाई प्रकाशन गर्ने , प्रत्येक महिना गर्ने रचनात्मक डेलाई नियमित गर्ने , पार्टीले अवलम्बन गरेको सी संस्कृतिलाई अनिवार्य लागू गर्ने , सी स्मृती दिवसको अवसरमा ४ दिन भ्रमण बिदा दिने निर्णय समेत गरिएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला सेक्रेटरी तिलक सीका अनुसार पार्टीको जिल्ला कमिटी हेरफेर गरिएको , केही पालिकामा नयाँ नेताहरुलाई जिम्मेवारी दिइएको साथै केही पालिकाका वडा इन्चार्ज एवम सेक्रेटरीहरु समेत हेरफेर गरिएको जानकारी दिनुभएको छ ।
पार्टीको दोस्रो पुर्ण बैठकमा पार्टीका १० वटै पालिकाका इन्चार्ज , जवस तथा मोर्चाका जिल्ला इन्चार्जहरु लगाएतले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए।
नेकपा दाङका सेक्रेटरी तिलक सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.१ इन्चार्ज बिक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी , पार्टीका दाङ जिल्ला सल्लाहकार द्वय नवराज सी र वंशिधर सीको समेत आतिथ्यता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.