भदौ १९,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बबई गाउँकमिटीले तिज बिशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार बबई गाउँपालिकाको पर्यटकीय स्थल पुरन्धारा छहरामा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका दाङ जिल्ला सचिव तिलक सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी बबई गाउँकमिटीका सेक्रेटरी उज्वल सी , पार्टीका जिल्ला सचिवालय सदस्य सुदर्शन सीको आतिथ्यता रहेको थियो।
कार्यक्रममा पार्टीका जिल्ला सचिव तिलक सीले तिज पर्वलाई समयानुकूल वैज्ञानिक र सरल बनाउदै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले क्रान्तिकारी महिलाहरुले जनवादी एवम प्रगतिशील संस्कृतिलाई जोड दिनुपर्ने समेत बताउनुभयो।
कार्यक्रममा अनेमसंघ क्रान्तिकारीका महिलाहरुले विभिन्न जनवादी एवम प्रगतिशील गितहरुमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
संगठनकि जिल्ला सदस्य मोति सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठनकि जिल्ला सदस्य अमृता सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.