विप्लवलाई छाडेर नयाँ पार्टी बनाएका कञ्चन , सुदर्शनको हरिबिजोग,तीन टुक्रामा बिभाजित

डेली न्युजराप्ती       २३ भाद्र २०८१ १५:२० मा प्रकाशित     219 No Comments

हेमन्त प्रकाश वली ।

भदौ २२,दाङ । नेकपाको चुनाव प्रयोगको कार्यनीतिलाई बाहना बनाई पार्टी फुटाएका कञ्चन , सुदर्शनहरुको हरिबिजोग भएको छ ।
नेकपाको ८औं केन्द्रीय समितिको १२औ पुर्ण बैठकमा पार्टीका महासचिव विप्लवले नयाँ परिस्थितिमा संसदीय निर्वाचनलाई प्रयोग गरेर जाने दस्तावेज पेश गरेपछी कञ्चन , सुदर्शन नेकपाबाट अलग भएका थिए ।

त्यसलगत्तै नेकपाले पार्टी दर्ता नगरी निर्वाचनलाई देशभक्त , प्रगतिशील , वामपन्थी एवम जनवादी उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको थियो ।
नेकपा स्वतन्त्र ढंगले निर्वाचनलाई प्रयोग गर्ने नितिमा सक्रिय रहेकैबेला कञ्चन , शुदर्शनले काठमाडौं एकैदिन दुईभन्दा बढी मिडियामा अन्तर्वार्ता दिदै महासचिव विप्लव र नेकपा लक्षित भए नभएका आरोप लगाइरहेका थिए ।

कञ्चन , शुदर्शनले केही दिनपछि चितवनमा विचारको बहुमत आफुसंगै भएको तर्क गर्दै नेकपा (बहुमत) नामको पार्टी गठन गरेका थिए ।

निर्वाचनको मुखैमा कञ्चन , शुदर्शनको अफवाह , पार्टी फुटको घटनाले उक्त निर्वाचनमा अपेक्षाकृत परिणाम निकाल्न नसकेको नेकपाका एक नेता बताउछन् ।

अन्ततः कञ्चनले एक वर्षपनि पार्टी चलाउन सकेनन् ,२०८० साल बैसाख १८ गते हतारमा पार्टी एकताको नाममा कञ्चनले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलाई नेकपा (बहुमत) सुम्पिए ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र कञ्चन नेतृत्वको नेकपा बहुमतको उनिहरुको भाषामा भनिएको एकता प्रक्रियापछि पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राखियो । नयाँ पार्टीको संयोजक मोहन वैद्य रहे भने प्रवक्तामा कञ्चन तोकिए ।

महाधिवेशनबाट पार्टी अध्यक्ष बन्ने तिब्र आकांक्षा राखेका कञ्चन त्यो सपना पूरा नहुने देखेपछी पार्टी एकता भंग गरेको एक केन्द्रीय नेताले बताए ।

महाधिवेशन अघि नै कञ्चनले पार्टी फुटको औपचारिक घोषणा गरे ।
नेकपा बहुमत गठन गर्दा दरिलो साथ दिएका हेमन्तप्रकाश वली (शुदर्शन)ले पनि कञ्चनको साथ छाडेर वैद्यतिरै लागेका छन् ।

शुदर्शनको नेतृत्वमा एउटा हिस्सा वैद्यतिर लाग्दा कञ्चनलाई ठूलो धक्का पुगेको छ । उनको सांगठनिक संरचनामा धक्का पुगेको एक नेताले बताए ।

धेरैजसो नेता कार्यकताहरु बैद्यसंग रहदा कञ्चनलाई एकताले फाईदा नभई घाटा भयो ।

यस्तै कञ्चनसंगै एकतामा गएको पूर्णसिंह नेतृत्वको समूहले पनि उनलाई छाडेको छ । सिंह समूहले यसअघि नै वैद्यको पार्टीबाट अलग भएको घोषणा गरेर श्रमिक कम्युनिष्ट पार्टी गठन गरेको छ ।

वैद्यले क्रान्ति नगर्ने निष्कर्ष निकाल्दै विप्लवको नेतृत्वमा कञ्चन र सुदर्शनहरु ०७१ सालमा वैद्यबाटै अलग भएका हुन । फेरी वैद्यले नै क्रान्ति गर्ने विश्वास गरेर कञ्चन र सुदर्शनहरु वैद्यतिरै फर्किएका थिए ।
तर बैद्यसंग एकता भएको करिब एकबर्ष पछि पुनःकञ्चनले पार्टी फुटाएर नेकपा बहुमत ब्युताएका छन्।

कञ्चनले साउन १ गते एक प्रेश विज्ञप्ति जारी गर्दै एकतालाई सुदृढ गर्न आफ्नो तर्फबाट कैयौ प्रत्यनहरु भएपनि सफल नभएको र एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएको भनेका थिए ।

कञ्चनले एकता असफल भएको घोषणा मात्र गरेनन् लामो वक्तव्यमा हतारमा एकता गरेकोमा आत्मालोचना समेत व्यक्त गरेका छन । पार्टीमा जनवादी क्रान्ति कि समाजवादी क्रान्ति ? भन्ने कार्यदिशामा चरम मतभेद भएकोले एकता भंग गर्नु परेको कञ्चनले बक्तव्यमा भनेका हुन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक किरणले साउन २ गते एक वक्तव्य जारी गरी महाधिवेशनको मिति तोकिसकिएको बेला त्यस अघिनै एकता भंग गर्नु जायज नभएको बताएका थिए । उनले एकता भंगको निर्णय फिर्ता गर्न पनि कञ्चनलाई आग्रह गरेका थिए तर अन्ततः कञ्चनले पार्टी फुटाएरै छाडेका छन् ।

यसरी विप्लवलाई संसदवादीको आरोप लगाउदै संसदीय चुनावमा मोर्चा नै दर्ता गरेर चुनाव प्रयोग गरेको तत्कालीन मोहन वैद्यको क्रान्तिकारी माओवादीसंग एकता गरेका कञ्चन राजनीतिक रुपले असफल साबित भएको बिष्लेषकहरुले बताउने गरेका छन् ।

उनले नयाँ पार्टी गठन गर्न सफल भएपनी छोटो समयमा नै तीन टुक्रामा विभक्त हुन पुगेको छ ।
उनलाई शुदर्शन , पूर्णसिंह लगाएतका नेताहरुले साथ छोडेका छन् ।

कञ्चनमा परिपक्क राजनीतिज्ञमा हुने गुण नभएको राजनीतिक विश्लेषकहरु बताउछन ।

यता माओवादी समर्थक जनताको चाहना सबै एकजुट र एकतावद्ध भई क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने दिशामा अघि बढ्न अपिल रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार