लगातार खराब प्रदर्शन गरिरहेको नेपालले आज अन्तिम खेल ओमानसंग खेल्ने,जित्नैपर्ने दबाबमा नेपाल

डेली न्युजराप्ती       ८ आश्विन २०८१ १२:४६ मा प्रकाशित     61 No Comments

काठमाण्डौं, ६ असोज ।  आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ । आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ ।

६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार