महासचिव विप्लवद्वारा सहिद महानको परिवारसंग भेटघाट तथा सम्मान

डेली न्युजराप्ती       १५ कार्तिक २०७८ २२:३२ मा प्रकाशित     591 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)ले एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा(महान)को परिवार संग भेटघाट तथा परिवारलाइ सम्मान गर्नुभएको छ।
राज्यको कथित प्रतिबन्धका विरुद्ध प्रतिरोध संघर्षमा सहादत प्राप्त गरेका सहिद महानका परिवारसंग विप्लवले भेट गर्नुभएको हो।
पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्रको अवसरमा दाङ पुग्नुभएका नेता विप्लवले सहिद महानको आदरणीय आमा तिलकुमारी राणा श्रीमती मालती राणा र एक छोरा र दुई छोरिलाइ सम्मान पत्र सहित सम्मान गर्नुभएको हो।
युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्रको दोस्रो दिन सोमबार सहिद महान परिवारलाई सम्मान गरिएको हो।
भेटमा महासचिव विप्लवले सहिद महानले देश र जनताको मुक्तीका खातिर एकीकृत जनक्रान्तिको अभियानमा गरेको बलिदानको उच्च सम्मान गर्नुकासाथै भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्नुभएको थियो। विप्लवले सहिद महानको मुक्तिको आकांक्षा पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो। उहाले भन्नुभयो,” हामी खरानी हुन्छौं तर सहिदको सपना पूरा गरिछाड्छौ”। नेता विप्लवले महान जस्तो क्रान्तिप्रती प्रतिबद्ध,साहासिक योद्धा गुमाउदा पार्टीलाई अत्यन्त ठूलो क्षती भएको समेत बताउनुभएको थियो।
भेटघाटमा सहिद महानका परिवारले नेकपाका महासचिव विप्लवलाई देश र जनताको मुक्तिका खातिर महानको बलिदान व्यर्थ नहोस,क्रान्तिलाइ धोका नहोस भनी विप्लवलाई सुझाव दिएका थिए। क्रान्तीमा धोका हुदैन,मुक्ती वा मृत्यु बाहेक अर्को सपना नभएको विप्लवको प्रतिबद्धता थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार