भ्रष्टाचार मुक्त,सुशासन युक्त नगर बनाउने सपना छ: खेमराज वली

डेली न्युजराप्ती       १५ बैशाख २०७९ १३:२३ मा प्रकाशित     613 No Comments


बैशाख १६,दाङ। तुलसीपुर उपमहानगरपालिका स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वलीले भ्रष्टाचारमुक्त र शुसासनयुक्त नगर बनाउने सपना भएको बताउनुभएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ मा स्वतन्त्र उम्मेदवारहरुको सम्पर्क कार्यालयलाई उद्घाटन कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै वलीले उक्त कुरा बताउनुभएको हो।

स्वतन्त्र उप-मेयरका उम्मेदवार वलीले प्रशासन व्यवस्थापन,आर्थिक व्यवस्थापनका साथै भ्रष्टाचारमुक्त र शुसासनयुक्त नगर नै आफ्नो पहिलो प्रतिबद्धता रहेको समेत बताउनुभएको थियो।
वलीले भन्नुभयो– ‘ तुलसीपुर खानेपानी संस्थालाई नेपालकै नमुना संस्था बनाए,अब तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै नमुना बनाउछु।’
उहाले उप-मेयर पदमा बिजयी भएपछी कुनैपनी सेवा-सुबिधा नलिने समेत घोषणा गर्नुभएको थियो।

तुलसीपुरमा स्वतन्त्र प्यानलको सम्पर्क कार्यालयहरु उद्घाटन:
तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा स्वतन्त्र उम्मेदवारहरुको सम्पर्क कार्यालयहरु धमाधम उद्घाटन भएका छन। आज तुलसीपुर उपमहानगरपालिका वडा नं.९ मा स्वतन्त्र उम्मेदवारहरुको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।

तुलसीपुरबाट स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वलीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा वडा नं.९ बाट स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार इश्वरी प्रसाद पाण्डे, सदस्यहरु बम बहादुर रोकाहा,टुका प्रसाद खनाल(बिक्रम),खुमा वली(अरुणा),हुम कुमारी विकको आतिथ्य रहेको थियो।
दलित महिला सदस्य हुम कुमारी विकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हेमन्त वलीले गर्नुभएको थियो।
यस्तै आजै तुलसीपुर उपमहानगरपालिका वडा नं.५ मा स्वतन्त्र उम्मेदवारहरुको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। आज एक भव्य कार्यक्रमका बिच सम्पर्क कार्यालय उद्घाटन गरिएको तुलसीपुर-५ वाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बाठाले जानकारी दिनुभएको छ।

सबै वडाहरुमा सम्पर्क कार्यालयहरु उद्घाटन गर्न लागेको स्वतन्त्र उम्मेदवार प्रचार-प्रसार समिती तुलसीपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार