पौष २४,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितीमा दाङबाट ६ जना मनोनीत हुँदा केन्द्रीय प्रतिनिधि समितिमा भने १३ जना मनोनीत भएका छन् ।
पार्टीको केन्द्रीय समितिको छैठौं पुर्ण बैठकले केन्द्रीय समिती र केन्द्रीय प्रतिनिधि समितिमा १९ जना नेताहरुलाई मनोनीत गरेको हो ।
नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा मंसिर २३ गतेदेखी पौष २ गतेसम्म बसेको नवौं केन्द्रीय समितिको छैठौं पुर्ण बैठकले पार्टीको केन्द्रीय समितिमा जिल्लाबाट विकाश सी , गणेश सी , सुरज सी , तिलक सी , जिवनी सी , निर्मल सीलाई केन्द्रीय समितिमा मनोनीत गरेको सो पार्टीले जानकारी दिएको छ ।
यस्तै सोही बैठकले पार्टीको केन्द्रीय प्रतिनिधि समिति(CRC)मा जिल्लाबाट १३ जना नेताहरुलाई मनोनीत गरेको छ ।
केन्द्रीय प्रतिनिधि समितिमा मनोनीत हुनेहरुमा धर्ती सी , रुद्र सी , चुलुवा सी , भिम बहादुर सी , सुर्य सी , महान सी , अशोका सी , रेखा सी , भुवन सी , मनोज सी , उज्वल सी , प्रतिरोध सी , यज्ञ सी रहेको नेकपाले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.