नेकपाद्वारा घोराही उपमहानगरपालिका वडा नं.५ र ७ को संयुक्त वडा सम्मेलन सम्पन्न

डेली न्युजराप्ती       २५ श्रावण २०७९ ०६:४३ मा प्रकाशित     300 No Comments


साउन २५,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका सबै वडाहरुमा सम्मेलन गरिरहेको छ।
पार्टीको आसन्न नवौं महाधिवेशन र जिल्लाको सम्मेलन केन्द्रित रहेर जिल्लामा सेल कमिटी गठन/पुनर्गठन हुँदै वडा,नगर सम्मेलनलाई अगाडी बढाएको नेकपाले जनाएको छ।

यस्तै मंगलबार नेकपा घोराही उपमहानगर कमिटी अन्तर्गत वडा नं. ५ र ७ को संयुक्त वडा सम्मेलन सम्पन्न भएको नेकपाले डेलिन्युजराप्तीलाई जानकारी दिएको छ।
संयुक्त वडा सम्मेलनले वडा नं. ५ मा बिष्णुको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ भने वडा नं. ७ मा किरण चौधरीको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको जनाइएको छ।

नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलको प्रमुख आतिथ्य,युवा संगठन नेपाल दाङ जिल्ला सचिवालय सदस्य तथा घोराही उपमहानगर कमिटी इन्चार्ज पदम चन्दको विशेष उपस्थितमा संयुक्त वडा सम्मेलन सम्पन्न भएको हो।

पार्टीका वडा नं. ५ का सेक्रेटरी बिष्णुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा नं. ७ का सेक्रेटरी किरणले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार