पुष २९,घोराही । नेकपा(माओवादी) दाङ जिल्ला सचिवालय सदस्य पन्चाराम सीको दिवंगत जिवनसंगिनी सिता सीको स्मृतिमा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार घोराही-१८ मसिना स्थित आँफ्नै निवासमा कार्यक्रम सम्पन्न भएको हो ।


श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य शितल सीले दिवंगत सिता सीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।
श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै नेता शितल सीले भन्नुभयो– ‘हामिले नसोचेको व्यहोर्नुपरेको छ । सिता कमरेड जस्तो आफ्नो वर्ग , समुदाय , समाज र क्रान्तिप्रति वफादार कार्यकर्ता गुमाएका छौँ । उहाँलाई गुमाउँदा सिंगो पार्टीपंक्ति स्तब्ध भएको छ । क्रान्तिकारी इमानदारीताको हिसाबले पनि यो परिवार उदाहरणीय हो। दिवंगत सिता सीको श्रमप्रति लगानी अतुलनीय थियो , जो सदैब सम्झनलायक हुनेछ।’
उहाँले कम्युनिस्ट समाजवादीहरुले आयातीत संस्कारलाई बन्देज गर्दै वैज्ञानिक संस्कारलाई लागु गर्नुपर्ने बताउनुभएको हो ।
नेता शितल सीले दिवंगत सिता सीको सम्झनामा पार्टीको नयाँ संस्कृति अनुसार फल , फुल र जडिबुटीका बिरुवा रोपण गर्न लागिएको समेत बताउनुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा मौरी पालक महासंघका अध्यक्ष दिनेश वलीले दिवंगत सिता सीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
दिवंगत सिता सीको पुष २५ गते ५५ वर्षको उमेरमा असमायिक निधन भएको थियो । उहाँ लामोसमयदेखि मुटु रोगबाट पीडित हुनुहुन्थ्यो ।
नेकपा (माओवादी) दाङका सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी , पाटन सी , विकाश सी , निर्मल सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य प्रतिरोध सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकृति सी लगाएतको आतिथ्यता थियो ।
कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य महान सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.