गुण्डाहरुद्वारा अखिल (क्रान्तिकारी)का नेताहरुमाथी आक्रमण,संगठनद्वारा शसक्त प्रतिरोध

डेली न्युजराप्ती       १७ मंसिर २०७८ १८:५५ मा प्रकाशित     1676 No Comments


हेमन्त प्रकाश वली,दाङ। काठमाडौ नेपालटार स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा संगठन निर्माणको क्रममा अखिल(क्रान्तिकारी)का नेताहरुमाथी केही अराजक समुहद्वारा अभद्र व्यवहार गर्दै सांघातिक हमला भएको छ।

विप्लव निकट अखिल(क्रान्तिकारी) “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह” भन्ने मुल नारा लिएर तीन महिने केन्द्रिय अभियान अन्तर्गत शुक्रबार संगठन निर्माणको क्रममा आदर्श बहुमुखी क्याम्पसमा पुगेको थियो। सोही क्रममा बिद्यार्थीहरु उत्साहपुर्ण ढंगले संगठनमा संगठित भइरहेको अवस्थाबाट अत्तालिएर हतोत्साहित भइ केही पेसेवर,उछृङखल अपराधिक मनसाय बोकेका लठैतहरुले संगठनका साथिहरुमाथी अभद्र व्यवहार गर्दै काठमाडौ जिल्ला समितिका सदस्य कमरेडहरु पुर्ण चन्द्र खड्का र कृष्ण रावल माथी सांघातिक हमला गरेको संगठनका काठमाडौ जिल्ला समिती संयोजक हस्त बिकद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै उक्त आक्रमणको संगठनले तत्काल शशक्त प्रतिरोध गरेको जनाइएको छ। बिज्ञप्तिमा प्रतिरोध संघर्षमा घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै नियोजित,उछृङखल र गुण्डागर्दि हर्कत प्रती संगठनले कडा आपत्ति प्रकट गरेको छ भने यस्ता खाले गतिबिधिहरु नदोहोर्‍याउन कडा चेतावनी दिदै तत्काल संगठन समक्ष माफी माग्न उक्त समुहलाइ चेतावनी दिइएको संयोजक हस्त बिकद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार