समाजवादी आन्दोलनमा हिडेका योद्धाको सपना पूरा गरिन्छ: शुदर्शन

डेली न्युजराप्ती       १३ माघ २०७८ १७:५४ मा प्रकाशित     635 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली(शुदर्शन)ले समाजवादी आन्दोलनमा हिडेका योद्धाको सपना पूरा गर्ने बताउनुभएको छ।
आज दाङको घोराहीमा सडक दुर्घटनाबाट मृत्यु भएका नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य नर बहादुर घर्ती (सुदिप) को अन्तिम श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नेता शुदर्शनले उक्त कुरा बताउनुभएको हो।
उक्त सभामा नेता शुदर्शनले सुदिपको स्मरण गर्दै भन्नुभयो,”उनी युवा बिद्यार्थी अवस्थाबाटै माओवादी जनयुद्ध हुँदै एकीकृत जनक्रान्ती सम्म आइपुगेका होनहार युवा योद्धा थिए। उनिसंग मैले रोल्पादेखि गण्डक अभियानसम्म जनयुद्ध समयमा पनि मसंगै काम गरेका थिए। आज यस्तो योद्धा गुमाउदा सिंगो पार्टी र क्रान्तीलाई अपुरणीय क्षती पुगेको छ। साथै हामी सुदिप गुमाउदा भावविह्वल भएका छौं।”
माघ ११ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर- सल्यान सडक खण्डमा बाटो निर्माण हुँदै गरेको र सहायक बाटोबाट तुलसीपुरतर्फ आउदै गर्दा बाटो माथिबाट पहिरो झरिरहेको र उक्त पहिरोमा परेर पार्टी जिल्ला बिशेष कमिटी सदस्य एवम जनमुक्ति सेना नेपालका प्लाटुन भाइस कमाण्डर सुदिपको दुखद निधन भएको थियो।

मृतक सुदिपको घोराहीको सेवार खोला घाटमा मृत्यु भएको तिन दिन पछि आज बिहिवारनै अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम),नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितल,पार्टी केन्द्रीय सदस्यहरु शुबास,बिश्व,सबिन,नेकपा दाङका सेक्रेटरी प्रदिप,बिशेष कमिटीका सेक्रेटरी सुन्दर,नेकपा निकट युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,सचिव तिलक, लुम्बिनी प्रदेश संयोजक हरि बस्नेत,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष मुक्ती गैरे लगाएत नेकपा दाङका नेता-कार्यकर्ता,पार्टीका समर्थक शुभचिन्तक सहित सयौं जनताको उपस्थितिमा श्रद्धाञ्जली सभा सहित अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको हो।
अन्त्येष्टि कार्यक्रम स्थलमा पार्टीको झण्डा समेत गाडिएको छ। श्रद्धाञ्जली सभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य एवम घोराही उपमहानगरपालिका इन्चार्ज निर्मलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार