नेकपा दाङको तेस्रो बैठक सम्पन्न , संसदीय निर्वाचन खारेज गर्ने उद्घोष

डेली न्युजराप्ती       १२ कार्तिक २०७९ २०:१२ मा प्रकाशित     195 No Comments

कार्तिक १२,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
शनिबार घोराहीमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ ।

प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने नेकपा दाङले जनाएको छ ।

बैठकले वालिङ, पोस्टरिङ,चोक सभा, गाउँ सभा, पिढी सभा लगाएत जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो।
यस्तै बैठकले आगामी मंसिर ४ गतेको संसदीय निर्वाचनको खारेजीको माग गर्दै मंसिर ४ गते अमहड्ताल गर्ने समेत जनाएको छ ।
तेस्रो पुर्ण बैठकले जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने,पार्टी पुनर्गठन दिवस र माओ दिबस भव्यताका साथ मनाउने,सामुहिक उत्पादन गर्ने,प्रत्येक जिल्ला कमिटीका नेता-कार्यकर्ता एवम सम्पुर्ण पार्टी सदस्यहरु समेतले २ महिनाको एक दिन श्रम दिन बनाएर अनिवार्य श्रम गर्ने,जिल्लामा पुस्तकालय निर्माण गर्ने लगाएतका निर्णय गरेको छ ।

नेकपाका पोलिट्व्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु सम्झना सी, बिक्रम सी, पाटन सी, बैकल्पिक केन्द्रीय सदस्य तथा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्यहरु विकाश सी, निर्मल सी, र तिलक सी, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य नर वहादुर सीको आतिथ्य रहेको थियो ।

बैठकको संचालन/अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तथा नव निर्वाचित केन्द्रीय सदस्य प्रदिप सीले गर्नुभएको थियो ।

बैठकमा नेकपाका पोलिट्व्युरो सदस्य तथा बैठकका प्रमुख अतिथी शितल सीले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो भने पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको अनुभुतीजन्य मन्तव्य पार्टीका केन्द्रीय सदस्यहरु एवम बैठकका अतिथि सम्झना सी , विक्रम सी , पाटन सी , पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य तिलकले राख्नुभएको थियो ।

यस्तै बैठकमा नेकपाको नवौं राष्ट्रिय महाधिवेशनबाट जिल्लाबाट नवनिर्वाचित पोलिट्ब्युरो सदस्य ,केन्द्रीय सदस्यहरु ,वैकल्पिक केन्द्रीय सदस्य तथा केन्द्रिय प्रतिनिधि सदस्यहरुलाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यस्तै बैठकमा डेलि न्युज राप्ती अनलाइन संस्करणको विचारप्रधान त्रैमासिक पत्रीकाको बिमोचन गरिएको छ । बैठकका प्रमुख अतिथी तथा पार्टीका पोलिट्ब्युरो सदस्य शितल सीले विचारप्रधान त्रैमासिक पत्रीकाको बिमोचन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार