एमसिसी सम्झौता विरुद्ध अखिल (क्रान्तिकारी) दाङद्वारा क्याम्पसहरुमा कालो ब्यानर

डेली न्युजराप्ती       ४ फाल्गुन २०७८ १९:२८ मा प्रकाशित     432 No Comments


फागुन ४, तुलसीपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्लाका विभिन्न क्याम्पसहरुमा कालो ब्यानर टासेर एमसिसी परियोजना खारेजीको माग गरेको छ।
संगठनले देउखुरी स्थित देउखुरी बहुमुखी क्याम्पस, घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पस र तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा कालो ब्यानर राखेर एमसिसी सम्झौताको बिरोध एवम खारेजीको माग गरेको जनाएको छ।
एमसिसी सम्झौता संसदवाट पास गराउने षड्यन्त्रका विरुद्ध विप्लव निकट संयुक्त जवस/ मोर्चाहरु निरन्तर आन्दोलित भएका छन।

नेपाली जनता र राष्ट्रिय स्वाधिनताको पक्षमा नभएको एमसीसी परियोेजना तत्काल खारेज गर्नुपर्ने भन्दै संगठनले राष्ट्रघाती एससीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं भन्ने नारासहितको कालो ब्यानर क्याम्पसका गेटमा टाँगेर सो परियोजनाको बिरोध जनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार