नेकपा प्युठानद्वारा गाउपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेर जनकारबाही

डेली न्युजराप्ती       ९ फाल्गुन २०७८ १८:५४ मा प्रकाशित     704 No Comments


न्यूजराप्ती। फागुन ९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी प्युठानले गाउपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।
नेकपा प्युठानका सेक्रेटरी अजयले आज एक वक्तव्य जारी गर्दै मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज राणा र सोही गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाइ कालोमोसो दलेर जनकारबाही गरिएको उल्लेख छ। स्थानीय जनताको व्यापक जनगुनासो रहेकाले स्थानीय जनताको सक्रियतामा कालोमोसो दलिएको वक्तव्यमा उल्लेख गरिएको छ।
नेकपा प्युठानले कालोमोसो दल्नुका निम्न कारणहरु समेत वक्तव्यमा उल्लेख गरेको छ:
१) मल्लरानी ५ सरङकोट स्थित भुमी विकास आधारभुत बिधालय कक्षा ६ मा अध्यनरत बिद्यार्थी सुस्मिता मल्ल रहस्यमय मृत अवस्थामा भेटिएकाले जनताले संका गरेको व्यक्तिलाई संरक्षण गरेको।
२) जनताले सोही बिधालयको शिक्षक शिक्षिकालाइ सामाजिक बहिस्कार गरेको अवस्थामा संरक्षण गरेको।
३) मल्लरानी ५ सरङकोटको बिधालयलाइ प्रदेशबाट गत वर्ष ३६ लाख बजेट परेकोमा कार्यालय प्रमुखले योजनाबद्ध फ्रीज बनाइ अहिले गाउपालिकाद्वारा ३० लाख बजेट बिनियोजन गरि स्टमेट अनुसार काम नगरेको।
४) सरकारले छुट्याएको योजना व्यक्तीको नाममा तमसुक बनाएर मात्र बिनियोजन गरेको,तमसुक नगरेमा फ्रीज बनाउने धम्की दिएको।
५) झाक्रीस्थान पर्यटकीय स्थलमा जाने बाटो र वडा नं. ५ मा जाने बाटो धेरै पटक जनताले गुनासो गर्दापनी मर्मत नगर्दा यातायात अवरुद्ध भएकाले।
६) विपन्न जनतालाइ बाड्ने नाममा सोलार किनेर बिजुली जडान भएका घरहरुलाइ बितरण गरेको।
७) कोभिड १९ को खर्च सार्वजनिक नगरी जनताले खर्छ बिबरण माग्दा समेत नदिएको।
८) झाक्रीस्थान खोलामा हाल्ने भनी २/२ पटक लिएको होम पाइप अन्यत्र लागि प्रयोग गरेकाले वर्सातको समयमा बाटो अवरुद्ध हुने समस्या भएकाले।
९) गत वर्ष घरको छाना मुक्त भनेर लिएको जस्तापाता कमिसनको खेलमा पक्की घर तथा नया घर बनाउन दिएको।
१०) कुनैपनी जनताले गरेको फोन नउठाउने, जनतासंग जे मुखमा आउँछ त्यही बोल्ने व्यापक जनगुनासो आइरहेकाले।
वक्तव्यको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार