सहिद सप्ताह सुरु, सहिदहरुको सम्झनामा नेकपा दाङद्वारा बिबिध कार्यक्रमको आयोजना

डेली न्युजराप्ती       १४ फाल्गुन २०७८ ०८:५९ मा प्रकाशित     378 No Comments


दाङ। १४ फागुन । २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु गरिएको महान जनयुद्ध वीरता, बलिदान, सहादत अनि अमरताको ऐतिहासिक घटनाको सम्झनामा आजबाट सहिद सप्ताह शुरु भएको छ । जनयुद्ध सुरु भएको १३ औँ दिनमा नै गोरखाका ११ वर्षिय दिलबहादुर रम्तेललाई तत्कालिन राज्यसत्ताले कायतापूर्ण तरिकाले हत्या गरेको थियो । दासताका विरुद्ध पहिलो पटक नेपाली जनताले हतियार उठाएको जनयुद्धको क्रममा सहादत हुने सम्पूर्ण सहिदहरुको सम्झनामा प्रत्येक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी (माओवादी) लगायत पार्टीले सहिद परिवारजनलाई सम्मान गर्नुका साथै विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।गोरखा–जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर–धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरवहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै छोपियो । इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि करिब ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिकार, प्रतिरोध र प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरीले जथाभावी गोली प्रहार गर्न थाल्यो । प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडा भन्ने स्थानमा दिलबहादुर रम्तेलको मृत्यु भएको थियो।

नेकपा दाङद्वारा विविध कार्यक्रमको आयोजना:
सहिद सप्ताहको सन्दर्भमा नेकपा दाङले जिल्लामा रहेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान कार्यक्रम गर्न लागेको छ। नेकपा दाङले आज फागुन १४ गतेदेखी २१ गतेसम्म सहिद सप्ताह मनाउने जनाएको छ। दिप प्रज्वलन,सहिद,बेपत्ता तथा घाइते योद्धा परिवारलाई अभिनन्दन गरेर सहिद सप्ताह मनाउने नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार