अमृतपुर खानेपानीमा संयुक्त लोकतान्त्रिक प्यानल विजयी

डेली न्युजराप्ती       २९ फाल्गुन २०७८ ०८:०७ मा प्रकाशित     269 No Comments


तुलसीपुर, २९ फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लोकतान्त्रिक सयुक्त प्यानल विजयी भएको छ । संस्थाको नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त खरेलले ११६२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल(संगित)ले १०४१ मत प्राप्त गर्नुभएको थियो । खरेलले १२१ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको समितिले जनाएको छ ।

यस्तैगरी बस्याल नेतृत्व समुहको तर्फबाट उपाध्यक्षमा विजय कुमार मल्ल ६८२, सचिवमा रुप बहादुर खत्री ६५७, कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे ९१४, सहसचिवमा रक्षा काफले ८०२, सदस्यहरुमा कान्तप्रसाद खरेल ६८१, गंगाधर गैरे ६९८, सिता कुमारी केसी ५६८ र भिमा खड्काले ५६७ मत प्राप्त गर्नुभएको काफलले जानकारी दिनुभयो । यस्तैगरी महिला सदस्य तर्फ स्वतन्त्र उम्मेदवार देव कुमारी वलीले २८४ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिद्धारा अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी रहेको छ । संस्थाको तिन हजार १सय ४६ मतदाता रहेकोमा शनिवार भएको मतदानमा दुई हजार तिन सय ६९ मत खसेको थियो । संस्थाको नयाँ नेतृत्वका लागी सहमती नजुटेपछि मतदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार