काठमाडौं विश्वकै १०औं नम्बरमा प्रदूषित शहर

डेली न्युजराप्ती       ९ चैत्र २०७८ १४:५७ मा प्रकाशित     237 No Comments


न्युजराप्ती,दाङ। काठमाडौं विश्वकै प्रदूषित शहरको १०औँ नम्बरमा परेको छ । प्रदुषण मापन वइबसाइट आईक्युएयरका अनुसार बुधबार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वको १०औँ प्रदूषित शहरमा देखाएको छ ।विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर छ भने दोस्रो नम्बरमा भारतको दिल्ली रहेको छ ।यस्तै, तेस्रोमा पोल्याण्डको वारसा, चौथोमा पोल्याण्डको वार्सा र पाँचौँमा भारतको मुम्वई छ ।
छैठौंमा पोल्याण्डकै पोज्ना शहर छ भने सातौंमा बंगलादेशको ढाँका, आठौंमा पोल्याण्डकै क्यार्को रहेको छ ।नौवौंमा चिनको राजधानी वेइजिङ रहेको छ भने प्रदुषित सहरको १०औं नम्बरमा नेपालको राजधानी काठमाडौं रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार