राप्ती गाउपालिकामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न

डेली न्युजराप्ती       १३ चैत्र २०७८ ०९:४० मा प्रकाशित     387 No Comments


दाङ। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गलत बिचार बोक्ने राजनीतिक दललाई साइजमा ल्याउने मौका निर्वाचन भएकोले यो बेलामा त्यो मौकाको सदुपयोग गर्नुपर्ने कुरा बताए। राजनीतिक रुपमा गलत बाटो बोकेका दलहरुलाई निर्बाचित गराउदा देश र जनताले दुख पाउनु परेको बताउदै त्यो भुल बारम्बार नगर्नको लागि जनतालाई सचेत गराउनुपर्ने समेत उनको भनाइ थियो। राष्ट्रिय जनमोर्चा राप्ती गाउपालीका दाङ देउखुरीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालीले उक्त कुरा बताएका हुन। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्मा ले निर्वाचनमा मत दिदा सबभन्दा पहिले त्यो पार्टीको बिचार के हो भन्ने कुरामा विशेष ध्यान दिनु पर्ने कुरा बताएका थिए। अहिले राजाबादी, एमाले र भारतीय साम्राज्यवाद मिलेर नेपाल ले २०६२/०६३ को जनआन्दोलनबाट  प्राप्त गरेको उपलब्धिहरुको अन्त्य गरेर प्रतिगामी बाटोमा देशलाई लैजान खोजेको हुनाले उनिहरुलाइ जसरी पनि पराजित गर्नु पर्ने कुरा बताए । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले जानेर वा नजानेर आम श्रमजीवी जनताले आफ्नो दुस्मन शक्तिलाइ बलियो बनाउने काम गरेको हुनाले त्यो कुरा जनमोर्चाका कार्यकर्ताले जनतालाइ बुझाउनु पर्ने समय आएको बताएका हुन। उनले भने,”श्रमजीवी बर्गका मजदुर , किसान, दलित जनजाति , उपेक्षित , उत्पीडित जनताले दलाल पुजिपती बर्गको प्रतिनिधित्व गर्ने एमाले काङ्ग्रेस , माओवादी जस्ता पार्टीलाई मतदान गर्नु भनेको नै आफ्नो दुस्मनलाई बलियो बनाउनु हो।”
     राष्ट्रिय जनमोर्चा राप्ती गाउपालीका अध्यक्ष केसबराज खनाल को अध्यक्षतामा भएको कार्यक्रम मा स्वागत भासण उपाध्यक्ष ठाकुर प्रसाद आचार्य र संचालन गिरबहादुर पौडेलले गरेका थिए । भेलाले प्रेमनारायण आचार्यको संयोजकत्वमा सात सदस्यीय निर्बाचन परिचालन समिती , केसबराज खनालको संयोजकत्वमा दुई सय एकाउन्न सदस्यीय प्रचार प्रसार समिती , ठाकुर प्रसाद आचार्य को संयोजकत्वमा एघार सदस्यीय आर्थिक समिती , कृष्ण आचार्यको  संयोजकत्वमा सात सदस्यीय संचार समिती र बाबुराम थापाको संयोजकत्वमा नौ सदस्यीय स्वयंसेवक परिचालन समिती निर्माण गरेको छ । भेलाले पालिकाका सबै वाडाहरुका कार्यक्रम तय गरेको छ । भेलामा अखिल नेपाल किसान महासंघ का केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य , जिल्ला उपाध्यक्ष माधब आचार्य ,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष रमेसमान गुरुङ, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार नरबहादुर के सि पुर्ब जिल्ला कोषाध्यक्ष हुकुम बहादुर बस्नेत , पुर्ब जिल्ला सदस्य बिरबहादुर चौधरी ,अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिामा आचार्य , जिल्ला सदस्य कमला बेल्बासे, पालिका अध्यक्ष कृष्णा पोख्रेल ,  अखिल नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधि डिलाराम पौडेल , जातीय समता समाज प्रदेश सदस्य सान्ती सुनार, रक्तिम सास्कृतीम अभियान का अनन्त आचार्य , राप्ती उधोग बाणिज्य संघ उपाध्यक्ष बाबुराम थापा,  अखिल नेपाल कानुन ब्यबसायी संघ केन्द्रिय सदस्य कृष्ण आचार्य , अखिल नेपाल युबक संघ का पालिका अध्यक्ष हिमाल एमसि , कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य हुमाकान्त आचार्य , अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला सदस्य कृष्ण गिरी , अखिल नेपाल शिक्षक संघ पालिका अध्यक्ष रामकृष्ण पौडेल , अखिल छैठौ पुर्ब जिल्ला अध्यक्ष धुर्ब बेल्बासे, समय बचत ऋण सहकारी सस्थाका अध्यक्ष प्रेम खनाल, पुर्ब स्वबियु सभापती असोक बेल्बासे, यातायात मजदुर संगठनका केन्द्रिय सदस्य बिष्णु श्रेष्ठ लगायतको आतिथ्य रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार