जनपत्रकार संगठन नेपालको मुखपत्र ‘जनपत्रकार’ बजारमा

डेली न्युजराप्ती       १५ चैत्र २०७८ १९:३७ मा प्रकाशित     399 No Comments


न्युजराप्ती अनलाइन। चैत्र १५,दाङ। जनपत्रकार संगठन नेपालको मुखपत्र ‘जनपत्रकार’ प्रकाशित भएको छ।
नेकपा सम्बद्ध पत्रकारहरुको साझा संगठन जनपत्रकार संगठन नेपाल केन्द्रीय समितीले मुखपत्र ‘जनपत्रकार’को दोश्रो अंक प्रकाशित गरेको हो।
संगठनका केन्द्रीय संयोजक शेर बहादुर बिश्वकर्मा(दर्शन)ले आज मंगलबार सामाजिक संजाल फेसबुक मार्फत मुखपत्र आजबाट बजारमा उपलब्ध भएको जानकारी दिएका छन।
मुखपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेकपाका केन्द्रीय सचिवालय सदस्यहरु कंचन,शुदर्शन,केन्द्रीय सदस्यहरु अनिल शर्मा र बसन्त श्रेष्ठ लगाएतको महत्वपूर्ण सामाग्रीहरु रहेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार