माओवादी कालमा भएका घटनाहरुको जिम्मा हामीले लिन्छौं : पिबिएम शीतल

डेली न्युजराप्ती       २५ बैशाख २०८० २१:२६ मा प्रकाशित     165 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतल सीले माओवादी कालमा भएका घटनाहरुको जिम्मा आफूहरूले लिने बताएका छन् । युवा संगठन नेपाल पूर्वी दाङको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा भएको ऎतिहासिक प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका पिबिएम शीतलले आज दलाल पूँजीवादले जनयुद्ध कालिन मुद्दा  लगाएर कसैलाई हान्छ भने त्यो जनयुद्धको इतिहास विरुद्ध हुने बताए । त्यसकारण जनयुद्धको मुद्दाहरु ल्याएर हान्दाखेरी हामी चुपचाप लागेर बस्न सक्दैनौं´ उनले भनेहामी यसको विरुद्ध उत्रिन्छौं, हाम्रो पार्टीले भनेको छ । ठूलाठूला घटना घटाउने र भ्रष्टाचार गर्नेहरू छन् । तर, उनीहरूको नाम किन आउँदैन् ? यो चाहिँ दलाल पूँजीवादीको क्रियाकलाप हो । यो माओवादी बृत्तबाट आएको शक्तिलाई सिध्याउने खेल अन्तर्गत पदर्छ । यो कुरा माओवादीले बुझ्नुपर्दछ । ´

वास्तविक माओवादी आफूहरू भएको भन्दै संसवादमा गएको माओवादीमा चेतना भएन भने समयमा संसदीय व्यवस्था परित्याग गरेन पूँजीवादी सत्ताले उनीहरूलाई कही नभेटिने गरिकन पत्तासाप गर्दै छ, शीतले भने । यो कुरा माओवादीले बुझ्नुपर्ने छ ।

यो संगठन पार्टी विरुद्ध र जनताको विरुद्धमा राज्य दमनमा आएमा राइफल पकड्ने युवाको संगठन भएको भन्दै भ्रष्टाचार, विकृती, बिसंगतिका विरुद्धमा युवाले संघर्ष गर्नुपर्ने पिबिएम शीतलको भनाइ छ ।

आज राज्यसत्तामा भएको महंगी, भ्रष्टाचार, देशमा आर्थिक समस्या लगायतका यी कारणले गाउँगाउँबाट बिद्रोहको जन्म भइरहेको छ´ नेता शीतलले भने त्यसलाई कमाण्डिङ गर्ने शक्ति चाहिएको छ । दृष्टिकोण चाहिएको छ । नेपालमा आज यो बिचार हाम्रो पार्टीसँग मात्रै छ । अन्त कहिपनि छैन् । त्यो प्रकारको शक्ति र कमाण्डर हाम्रो पार्टीसँग छ । त्यसकारण जिल्लाका कुनाकन्दरामा रहेका बिद्रोहलाई खोज्नुपर्ने छ र त्यसलाई संगठित गर्नुपर्छ । तर, त्यो गर्न सकेनौ भने देश एउटा ठूलो अराजकताको भडखालोमा भासिने खतरामा छ ।´

देशलाई अन्धकारको भड्कालोमा जान नदिने र बिद्रोहका झिल्कोलाई कमाण्डिङ गर्दै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था गर्ने नेता शीलतको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले नेपालको स्थिति बारेमा युवाहरूले ठिक ढंगले बुझ्नुपर्ने बताए । उनले १० वर्षमा ३५ लाख युवा विदेश गएको भन्दै गणतन्त्र आएसँगै अत्याधुनिक युवा विदेश पलायन भएको र यो पलायनको स्थिति नरोकिने कुरामा जोड दिँदै यसको मुख्य कारण दलाल पूँजीवादी सत्ता भएको स्पष्ट पारे ।

नेता सविनले नेपालको विद्यामन दलाल पूँजीवादी सत्ताका शासकहरुले योजनावद्ध ढंगले युवाको विदेश पलायन गराइरहेको हुँदा यो पूँजीवादी सत्ता विघटन गर्नुपर्ने भन्दै त्यसका लागि युवाले आफ्नो सम्पूर्ण तागत प्रयोग गर्नुपर्ने अवस्था आइसकेको उद्घोष गरे । यो पूँजीवादी सत्ता विघटन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने र त्यसका लागि पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत अगाडि बढ्नुपर्ने भन्दै उत्पादन र श्रमसँग जोडिएमात्र पार्टीले लिएको एकीकृत जनक्रान्ति पूरा हुने भएको हुँदा सचेत युवाहरु आत्मनिर्भर बन्नका लागि उत्पादन र श्रमसँगै गर्दै आजका युवाले भ्रष्टाचारविरुद्ध, राजनीतिमा आएको बिकृती, बिसंगति लगायकाविरुद्ध भण्डाफोर गर्नेपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सीले देश आज संकटमा गुज्रिएरहेको बताउदै समाज युवा बिहिन बन्दै गएको बताइन् । उनले युवा आफैमा आत्मनिर्भर बन्नुपर्ने र त्यसका लागि उत्पादनमा जोडिदिनु पर्ने कुरा जोड दिइन्। यो दलाल राज्यले युवालाई बेरोजगार बनाएको भन्दै युवा भनेको एउटा समाज रुपान्तरणको बाहक भएको भन्दै युवाले आफ्नो जिम्मेवारी बोध गर्दै अनुशासन भएर अगाडि बढ्नुपर्ने कुरामा नेता सम्झना जोड थियो ।

नेकपा एमाले जिल्ला सदस्य जगत नेकपामा प्रवेश

घोराही । नेकपा एमाले दाङका जिल्ला सदस्य जगत दर्लामी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । युवा संगठन नेपाल पूर्वी दाङको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा भएको ऎतिहासिक प्रथम जिल्ला भेलामा दर्लामी नेकपा एमाले परित्याग गरि विप्लव नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै नेकपा एमाले जिल्ला सदस्य जगत दर्लामीले आफू हिजो प्रतिबन्धको बेलामा पनि यो घरमा फर्किन चाहेको बताए । उनले त्यतिबेला त्यो अनुकूल मिल्न नसकेको भन्दै अहिले आफ्नो घरमा प्रवेश गर्न पाउँदा धेरै खुशी भएको कुरामा जोड दिए । युवाका मुद्दा, दलितका मुद्दा उठाउन धेरै संघर्ष गर्न खोज्दा पार्टीभित्र विभेद भएको भन्दै उनले एमालेले जनतालाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै गर्दा आफ्नो मनले नमानेको र यो घरको खोजीमा रहेको समेत बताए ।

जिल्ला कमिटी सदस्य जगतले पार्टीले के दिन्छ भन्दापनि हामीले पार्टीलाई के दिन्छौ भन्ने कुरा मुख्य रहने भन्दै अप्ठ्यारोमा पार्टीले पनि साथदिनु पर्ने तर, माओवादी केन्द्रमा हुँदा त्यो साथ नपाउँदा आफूले धेरै पीडा भोग्नुपरेको र एमाले पार्टीभित्र जातीय विभेद धेरै भएको र जनयुद्धलाई अपमान गर्ने गरेको कुरामा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतल सीले उक्त कार्यक्रममा टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

साथै उक्त कार्यक्रमलाई थप उत्कृष्ट बनाउन कलाकारका टिमले देशभक्त र क्रान्तिकारी नृत्यहरुको प्रस्तुति गरेका थिए । युवा संगठन नेपालका राप्तीब्यूरो इन्चार्ज जीवनी सीले प्यालन प्रस्ताव पेश गरेकी थिइन् ।

उक्त सम्पन्न भेला पदम सीको अध्यक्षमा २५ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा शिशिर सी , सचिवमा मनोज सी, सह- सचिवमा विजय सी र कोषाध्यक्षमा दीपजं सी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा पूर्ण सी, मनिका सी, शरद सी, यम बहादुर सी, प्रतीक्षा सी, भूपबहादुर सी, वसन्त सी, राजमोहन, नवीन सी, नेत्रज्योति सी, उमेश सी, सुसान्त सी, अनिल सी, तिलक सी, भूपेन्द्र सी, धर्मेन्द्र सी, अविषेक सी लगायत चयन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी, पार्टीका ४ नम्बर एरिया इन्चार्ज महान सीले नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

युवा संगठनका दाङ जिल्ला इन्चार्ज सुदर्शन सी, समाजवासी सत्ता प्रमुख किसन सी, राष्ट्रिय वामपन्थी मोर्चाका केन्द्रीय सदस्य मंगल सी, पार्टीका २ नम्बर एरिया इन्चार्ज दिनेश सी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य खिमबहादुर सी, श्रमिक समुदाय मोर्चा जिल्ला अध्यक्ष विष्णु सी, अखिल (क्रान्तिकारी) दाङका कोषाध्यक्ष हिमाल सीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

युवा संगठन नेपाल पूर्वी दाङ जिल्ला संयोजक पदम सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतल सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सी, पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सी, पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी, युवा संगठन नेपालका राप्तीब्यूरो इन्चार्ज जीवनी सी, युवा संगठनका दाङ जिल्ला इन्चार्ज सुदर्शन सी, समाजवासी सत्ता प्रमुख किसन सी, पार्टीका ४ नम्बर एरिया इन्चार्ज महान सी, राष्ट्रिय वामपन्थी मोर्चाका केन्द्रीय सदस्य मंगल सी, लगायतको आतिथ्यता रहेको थियो ।

संगठनका आयोजक कमिटीका सदस्य शिशिर सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मनोज सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार