निर्वाचनबाट जनताको चेतनाको पनि परिक्षण हुन्छ: शर्मा

डेली न्युजराप्ती       १९ चैत्र २०७८ १६:५० मा प्रकाशित     301 No Comments


घोराही। चैत्र १९। राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले निर्वाचनबाट जनताको चेतनाको पनि परिक्षण हुने कुरा बताएका छन।
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिको स्थानीय तह निर्वाचन बिशेष कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले उक्त कुरा बताएका हुन। जनताले राष्ट्रघात र भ्रष्टाचार गर्ने लाई मतदान गर्छन कि देशभक्त शक्तिलाई मतदान गर्छन भन्ने कुरा आगामी स्थानीय निर्वाचनमा चेतनाको परिक्षण हुने नेता शर्माको भनाइ थियो। राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले जनताको चेतना उठाउन ध्यान दिन जरुरी रहेको शर्माको जोड थियो।
अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेलले कम्युनिस्टको लागि निर्वाचन आन्दोलनको मोर्चा भएको बताए। राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले निर्वाचनबाट बिजय हासिल गरेर जनताको मालिक बन्नेहरुलाइ पराजित गरि जनताको सेबक बन्नको लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई बिजयी गराउनुपर्ने बताए। नगर अध्यक्ष हरी खरेलको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले निर्वाचनको कार्यक्रम प्रस्तुत गरेका हुन। भेलाले सुशील पोख्रेलको नेतृत्वमा पाच सदस्यीय निर्बाचन परिचालन समिती निर्माण गरेको छ । यसैगरी मनिराम खनालको नेतृत्वमा १९९ सदस्यीय प्रचारप्रसार समिती निर्माण गरेको छ भने हरी खरेलको नेतृत्वमा २० सदस्यीय आर्थिक समिती निर्माण गठन गरेको छ । यस्तै तुलसी पन्थिको नेतृत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन समिती निर्माण गरिएको छ । बलदेब बिक को नेतृत्व मा ९ सदस्यीय सुचना तथा संचार समिती निर्माण गरिएको छ भने कृष्णा रानाको नेतृत्वमा १७ सदस्यीय महिला परिचालन समिती निर्माण गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, कृष्णा राना , अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला उपाध्यक्ष चेतबहादुर राहु, जातीय समता समाजका जिल्ला अध्यक्ष सुर्यलाल नेपाली , अखिल नेपाल ट्रेड युनियन महासंघ का जिल्ला सचीव तुलसी पन्थी , अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य जित बहादुर पुन , अखिल छैठौंका जिल्ला अध्यक्ष लक्ष्मण बिक , अखिल नेपाल युबक संघ जिल्ला सदस्य डोरबहादुर के सि , नगर उपाध्यक्ष संजय वली,अखिल नेपाल महिला संघ नगर सदस्य सिला चौधरी , जेष्ठ सदस्य बुद्धिराम खडका, अखिल नेपालराष्ट्रिय उधोग व्यापार संघका जिल्ला सदस्य राम प्रसाद पोख्रेल , जेष्ठ सदस्य प्रेमलाल पोख्रेल , दाङ देउखुरी होटल ब्यबसायी संघका सदस्य भुवानन्द बन्जाडे, चेम्बर अफ कमर्शका जिल्ला सद्स्य हरी बन्जाडे को आथित्यता रहेको थियोे । नगर उपाध्यक्ष चन्द्रबहादुर रावत को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचीव मनिराम खनालले गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार