अमृतपुर खानेपानीकाे ८ औं अधिवेशन फागुन २१ गते हुने

डेली न्युजराप्ती       १७ फाल्गुन २०७८ १७:०८ मा प्रकाशित     366 No Comments


तुलसीपुर, १७ फागुन । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर ९ नमुनानगर दाङकाे १४अैां वार्षिक साधारणसभा तथा ८ओेैं अधिवेशन फागुन २१ हुने भएकाेछ । संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलकाे अध्यक्षतामा फागुन ८ गते बसेकाे कार्य समितिकाे बैठकले संस्थाकाे १४अैां वार्षिक साधारणसभा तथा ८अैाँ अधिवेशन फागुन २१ शनिवारका दिन गर्ने सर्बसहमतीबाट निर्णय भएको संस्थाका काेषाध्यक्ष जित बहादुर खडकाले जानकारी दिएका छन। साथै साे बैठकले मतदान प्रक्रियामा सहजताका लागि संस्थाबाट जडान भएका सम्पूर्ण धारा धनीहरुले पाैँष मसान्त सम्मकाे पानीकाे महसुल बुझाउन सम्पूर्ण धारा धनीहरुलाई आग्रह गरेकाे छ । यसैबिच संस्थाकाे १४अैां वार्षिक साधारणसभा तथा ८अैां अधिवेशनलाई मध्यनजर गर्दै फागुन १४ गते शनिबारका दिन संस्थाकाे कार्यालय परिसरमा संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलकाे अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।साे बैठकमा संस्थाका सम्पूर्ण कार्य समिति परिवारहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतकाे सहभागीता रहेकाे थियाे भने बैठकले संस्थाकाे १४अैां वार्षिक साधारणसभा तथा ८अैां अधिवेशन फागुन २१ शनिवारका दिन सम्पन्न पश्चात् तय गरिने नयाँ कार्य समिति निर्वाचनद्वारा नभई सर्वसहमती बाट चयन गरिनुपर्ने सुझाव राखेकाे संस्थाका काेषाध्यक्ष जित बहादुर खडकाले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार