९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

डेली न्युजराप्ती       २१ चैत्र २०७८ १४:११ मा प्रकाशित     340 No Comments


काठमाण्डौ २१ चैत । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ट्रकमा ल्याउँदै गरेको ९० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो साँझ ५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको BR-25GA3092 भारतीय नम्बर प्लेट भएको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनको भागमा फल्स बटन बनाइ लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक पनि भारतीय नागरिक हुन् । ट्रक चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलीलाई गाँजा र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार