दाङमा नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारहरुद्वारा मनोनयन दर्ता

डेली न्युजराप्ती       १२ बैशाख २०७९ २०:३३ मा प्रकाशित     767 No Comments

तुलसीपुरको उपप्रमुखमा खेमराज वली,गढवा गाउपालिकाको अध्यक्षमा गणेश चौधरी र राजपुर गाउपालिकाको अध्यक्षमा सर्जु यादवद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

हेमन्त प्रकाश वली।
बैशाख १२,दाङ। दाङमा नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन।
सोमबार जिल्लाभरी नेकपाको समर्थन रहेका स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन।

आज सोमबार दिउँसो तुलसीपुरमा नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा मनोनयन दर्ता गरेका छन।

यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदमा तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका पुर्व अध्यक्ष,समाजसेवी खेमराज वलीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन।
वलीले नेकपाको समर्थनमा उपमहानगरपालिकाको उप प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको न्युजराप्तीलाई बताए।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा बालकृष्ण खराल,वडा नं.५ बाट प्रेम बुढा,वडा नं.७ बाट भिम बहादुर डागी(किरण),वडा नं.९ बाट इश्वरी प्रसाद पाण्डे,वडा नं. १२ बाट कुल बहादुर वली(प्रतिरोध),वडा नं. १४ बाट मीन प्रसाद ढकाल(अरबिन्द),वडा नं. १५ बाट सुन्दर विक(सुशील) र वडा नं. १९ बाट खड्क बहादुर वलीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।

यस्तै नेकपाको समर्थनमा गढवा गाउपालिकाको अध्यक्षमा गणेश चौधरीले उम्मेदवारी दिएका छन। चौधरीले आज दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताए।
यस्तै गढवा गाउपालिकाको वडा नं. १ मा नेकपाको समर्थनमा यज्ञ बहादुर कुमालले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन। पालिकाका वडा नं.५,६ र ७ मा पनि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा रहेको जनाइएको छ।

यस्तै घोराही उपमहानगरपालिकामा पनि नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन। उपमहानगरपालिकाको वडा नं.१२ बाट नर बहादुर बोहरा र वडा नं. ९ बाट भुपेन्द्र वली(हिमाल)ले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन।

यस्तै शान्तिनगर गाउपालिकाको वडा नं.३ बाट नेकपाको समर्थनमा मनोज परियारले स्वतन्त्र वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन।

बबई गाउपालिका वडा नं.४ बाट नेकपाको समर्थनमा हरि प्रसाद शास्त्रीले स्वतन्त्र वडा अध्यक्षमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन।

यस्तै नेकपाको समर्थनमा राजपुर गाउपालिकाको अध्यक्षमा सर्जु यादवले उम्मेदवारी दिएका छन। यादवले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगि आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताएका छन।
यस्तै राजपुर गाउपालिकाको वडा नं.१ बाट भुमा महरा,वडा नं.२ बाट तुल्सिराम भण्डारी,वडा नं.४ बाट राम प्रसाद हरिजनले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।

नेकपाको केन्द्रीय समितीको १२औ पुर्ण बैठकले दल दर्ता गरेर चुनावमा भाग नलिने तर देशभक्त,राष्ट्रबादि,एमसिसी बिरोधी स्वतन्त्र जनपक्षीय उम्मेदवारलाई सहयोग तथा समर्थन गर्ने नीति लिएको थियो। केन्द्रीय समितिको उक्त निर्णय अनुसार आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा नेकपाको समर्थनमा देशभर सयौं स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुले आज मनोनयन दर्ता गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार