नेकपा कैलालीको नया सचिवमा ढकाल,निर्वतमान सचिव चलाउने कसु समुहमा सामेल

डेली न्युजराप्ती       २५ बैशाख २०७९ २१:३४ मा प्रकाशित     492 No Comments


बैशाख २५। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कैलालीको कार्यवाहक जिल्ला सचिवमा नेकपा विशेष समिति सदस्य तथा पूर्व जिल्ला सचिव गणेश ढकाललाई नियुक्त गरिएको छ ।
नेकपा कैलालीका निवर्तमान सचिव दिपेन्द्र चलाउने, कन्चन-शुदर्शन(कसु)समुहले आयोजना गरेको चितवनको फुट परस्त भेलामा सहभागी भई फरक समूहमा सामेल भएकाले नया सचिव तोकिएको बताइएको छ।

आइतबार कैलाली जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य ओम प्रकाश पुनद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ढकाललाई नियुक्त गरिएको जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ कि ,“नेकपा निवर्तमान जिल्ला सचिव दिपेन्द्र चलाउने, धर्मेन्द्र बास्तोला र हेमन्त ओलीले आयोजना गरेको चितवनको फुट परस्त भेलामा सहभागी भई फरक समूहमा सामेल भएकाले केन्द्रिय कार्यालयको परामर्श र निर्देशनमा कैलालीको राजनीतिक, आर्थिक र सांगठनिक कामहरू गणेश ढकालसंग जोडिएर पार्टीका नियमित काम कारवाही अगाडि बढाउन निर्देशन गरिएको छ ।” साथै फुटपरस्तहरुको भ्रममा नपर्न आम सबैमा अपिल समेत गरिएको छ ।

बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार