समृद्ध गढवाको लागि मेरो उम्मेदवारी:गणेशकुमार कुमाल

डेली न्युजराप्ती       २७ बैशाख २०७९ ०७:५४ मा प्रकाशित     294 No Comments

समृद्ध गढवाको लागि मेरो उम्मेदवारी?

तपाईंको प्रचारप्रसार कसरी अघि बढेको छ ?
जनताको माझमा पुग्ने, चुनाव चिन्ह चिनाउने काम भइरहेको छ। ठूलो तामझामविना जनताको घरदैलोमा पुगेका छौं जनताको पक्षमा काम गर्नेगरी हामीले जनतालाई बताइरहेका छौं । त्यहीअनुसार काम भइरहेको छ।

के एजेण्डा लिएर जानुभएको छ?
राष्ट्रघात, जनघात र भ्रष्टाचार विरुद्ध सशक्त प्रतिवाद, समानुपातिक समावेशी विकास र समृद्धिका लागि मेरो उम्मेदवारी हो । गढवाको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको अभियानलाई तीव्र बनाउन हामी लागिपरेका छौं । स्थानीय सरकारको तर्फबाट जनतासंगै जोडिएर अधिकतम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामी र हाम्रो सिंगो प्यानललाई मतदान गर्न अपिल गर्दछ । जनताको जीवन र अवस्था कहिल्यै नबन्ने तर आफू मोटाइरहने, भ्रष्टहरु संरक्षण गर्ने संसदीय व्यवस्थालाई अस्वीकार गर्ने, जनताको जीवन र अवस्था बदल्ने वैज्ञानिक समाजवाद पक्षपोषण गर्न मेरो उम्मेदवारी हो । शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व राज्यले लिन भरोसायोग्य बातावरण निर्माण गर्ने योजना छ । एमसीसी जस्ता राष्ट्रघाती सम्झौता अनुमोदन गर्ने, राष्ट्रघातीहरुलाई अस्वीकार गर्न र देशको स्वाधीनता, राष्ट्रियताको पक्षमा ऐक्यबद्धता जाहेर गर्न चाहन्छौ। भ्रष्टाचारीलाई दण्डित गर्न, भ्रष्टाचारमुक्त पालिका बनाउन र सुशासन कायम गर्न मेरो उम्मेदवारी हो पैसा, मसल र शक्तिको आडमा भइरहेको चुनावी रवाफलाई अस्वीकार गर्न चाहन्छौं । स्वास्थ्य उपचार गर्दा दश वर्षमुनि र ६० वर्ष साना उद्योगलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्न, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी र लघु उद्योगमा विशेष लगानी गर्न र सडकको स्तरबृद्धि गर्नेछौ। समावेशी समानुपातिक विकासलाई जोड गर्दै पर्यावरणीय संरक्षण गर्ने योजना छ स्थानीय सरकारलाई दलीय र पदीय खिचातानी, भागबण्डा, गालीगलौजवाट मुक्त गर्न विपन्न गरिव र योग्य मानिसलाई अवसर प्रदान गर्न अपिल गर्दछौं गढवा गाउपालिका वडा नं. १ औद्योगिक क्षेत्र, वडा नं. २, ३, ४, ५ र ७ लाई आधुनिक कृषि विकास गर्न, वडा नं. ६ लाई शहरी क्षेत्र वडा नं ८ लाई पर्यटकीय क्षेत्रको विकास गर्नेछौ ।

यी एजेन्डा कसरी कार्यान्वयन हुन्छन त?
हामिले एजेण्डा सार्वजनिक गर्नको लागि मात्रै गरेका होइनौं। एजेण्डाका खोस्टा लामा हुने तर कार्यान्वयन नहुने समस्या अहिलेसम्म छ। हामिले योजना कार्यान्वयन गर्न घोषणापत्र सार्वजनिक गरेका हौं।

चुनाव जित्ने आधार के हो?
जनताको विश्वासनै चुनाव जित्ने आधार हो। हामीले राजनीतिकरुपमा यसअघि गरेका काम, जनताको पक्षमा गरेका कुराहरुनै हाम्रो जित्ने आधार हो।

साभार:युगबोध राष्ट्रिय दैनिकबाट..

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार