विप्लव र वादल विच भेटवार्ता

डेली न्युजराप्ती       ९ श्रावण २०७८ १७:५५ मा प्रकाशित     923 No Comments


हेमन्त वली श्रावन-९,काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव) र पुर्व गृहमन्त्री रामबहादुर थापा(बादल) बिच भेटवार्ता भएको छ।
शनिबार मात्रै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका चन्दले त्यसपछि पूर्वगृहमन्त्री रामबहादुर थापालाई भेटेका हुन । पुर्व गृहमन्त्री रामबहादुर थापा निवास जोरपाटी पुगेर चन्दले थापालाई भेटेका हुन् ।

थापा निवास जोरपाटीमा विप्लव सहित प्रकाण्ड र विषम

भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)र स्थायी समिती सदस्य सन्तोष बुढा(विषम) पनि सहभागी थिए। सरकारसँग भएको तीन बुँदे सहमती कार्यान्वयनको विषयमा छलफल भएको नेकपा श्रोतले जनाएको छ।
पुर्व गृहमन्त्री थापाले कानुन अनुरुप मिल्ने नेता कार्यकर्तालाई सरकारले रिहा गरिसकेको र अब प्रक्रिया पुर्‍याएर अन्य सहमती अनुरुपका काम पूरा गर्न आफू लागिपर्ने बताएका थिए । आफू सरकार बाहिर रहे पनि सहमति कार्यान्वयन गर्न लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार