विप्लव छोडेका धर्मेन्द्रलाइ विप्लवका बिद्यार्थी अध्यक्ष प्रकाश शाहीले जिम्मा लिएर छुटाए

डेली न्युजराप्ती       २९ बैशाख २०७९ १५:२९ मा प्रकाशित     1051 No Comments

नेकपा(बहुमत)का संयोजक धर्मेन्द्रको अंगरक्षकको रुपमा प्रहरी जवान मधुसुदन यादवलाइ खटाइयो

दाङ। प्रहरी गिरफ्तारीमा परेका कसु (कञ्चन र सुदर्शन )समुहका नेता धर्मेन्द्र बास्तोला(कञ्चन) नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा भएका छन।
नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाएका कसु (कञ्चन र सुदर्शन ) समुहका संयोजक कञ्चनलाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट गिरफ्तार गरेको थियो ।

नेता कञ्चन सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ परेका थिए । स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने हेतुले अघि बढिरहेको बेला कञ्चन समुहले निर्वाचनकाे विरोध रणनीति लिएकाे र निर्वाचन असफल बनाउन विभिन्न कार्यक्रम पनि गर्ने भनेपछि उनीमाथि निगरानी बढाउनु परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

विप्लवले निर्वाचन उपयोग गर्ने नीति लिएपछी शुदर्शन-धर्मेन्द्र पक्षले नेकपा(बहुमत) समूह गठन गरेका थिए।
नेकपालाई बिभाजन गरेर सुदर्शन-धर्मेन्द्रले नया समूह गठन गर्नेबित्तिकै उक्त समुहमा आवद्ध केही नेता-कार्यकर्ताले विप्लव पक्षका नेता-कार्यकर्ता लक्षित विभिन्न नकारात्मक टिकाटिप्पनी गरिरहेका छन।उनिहरुले सामाजिक संजालमा निकै आपत्तीजनक कुतर्क गर्दै विप्लवप्रती आरोपहरु लगाएको नेकपाका एक नेताले बताए। तर यहि बिचमा स्थानीय निर्वाचन बिथोल्न सक्ने खतरा देखेर आज बिहिवार बिहान ४ बजे दाङको भालुवाङबाट नेकपा(बहुमत) समुहका संयोजक बास्तोला पक्राउ परेका थिए।
नेकपा(बहुमत) समुहका संयोजक धर्मेन्द्र बास्तोला गिरफ्तार परेपछी विप्लव नेतृत्व नेकपा निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जिम्मा लिएर आफ्नै पार्टी फुटाएका धर्मेन्द्र बास्तोलालाई छुटाएका छन। धर्मेन्द्र समुहमा आबद्ध केही नेता-कार्यकर्ताहरु विप्लव नेकपाप्रती सार्वजनिक रुपमा विभिन्न भ्रमहरु छर्दै कुतर्क गरेपनी शाहिले भने राजनितिक संस्कार प्रस्तुत गरेका छन। उनले आफ्नो पार्टीका पुर्व केन्द्रीय सचिवालय सदस्य समेत रहेका नेता धर्मेन्द्र बास्तोलालाइ जिम्मा लिएर प्रहरी नियन्त्रणबाट मुक्त बनाएर राजनीतिक संस्कार देखाएका छन।
धर्मेन्द्रको रिहाइका लागि नेकपाका अन्य नेताहरु मगर मुक्ती मोर्चाका केन्द्रीय कोषाध्यक्ष भिम प्रकाश पुन,नेकपाको समर्थनमा गढवा गाउपालिकामा स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार गणेशकुमार कुमाल,श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरज परियार लगाएतका नेताहरु खटेका थिए।
नेकपा(बहुमत) समुहले भने संयोजक बास्तोला आफ्नै पार्टीको पहलकदमीका कारण छुटेको बताएको छ।
यस्तै प्रहरीले नेकपा(बहुमत) समुहका संयोजक धर्मेन्द्र बास्तोलाको सुरक्षाप्रती संबेदनसिल हुदै प्रहरी जवान मधुसुदन यादवलाई अंगरक्षकको रुपमा खटाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार